Swornakshar Logo

प्रधानमन्त्री आज स्विजरल्यान्ड जादै

६ माघ । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) बेलुका १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड जाँदैछन् ।

स्विजरल्यान्डको डाबोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज बेलुका ८ः५० बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

यहि माघ ८ देखि सुरु हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको त्यसतर्फ जान लागेको हो ।

सो टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १७ सदस्य सहभागी रहने बताइएको छ ।

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी ओली हुन लागेका हुन् । सम्मेलनबाट विदेशी लगानी भित्रयाउँन सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ ।

टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।