Swornakshar Logo

जुडोमा पदक विजेता खेलाडीलाई हटौडामा सम्मान

१५ पुस । हेटौडा । नेकोस अन्तराष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक विजेतालाई आइतबार हेटौडामा मकवानपुर जुडो क्लबले सम्मान गरेको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गर्दै नेकोस अन्तरास्ट्रिय जुडो प्रतियोगिता ५६ केजि तौल समुहमा रजत पदक विजेता अस्मिता गोले लाई ३ हजार सहित सम्मानपत्र तथा दिएको छ । प्रमुख अतिथिले २ पनि हजार नगद दिनु भयो । त्यसै गरि प्लस ए स्तरको रेफ्रि प्रशिक्षक राजेन्द्र कुमार लामा लाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल उधोग वाणिज्य महासघंका केन्द्रिय सदस्य अरुण राज सुमार्गीको प्रमुख अतिथि थिए।
कार्यक्रममा प्रमुख अतिथि सुमार्गीले मकवानपुर जिल्लामा खेलाडिहरुको सम्भाव्यता भएको तर खेलकद क्षेत्रमा लगानीको कमि रहदा खेलाडिहरुलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन समस्या रहेको बताए । अब खेलाडि र खेलकुदको जर्गेना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला खेलकुद समितिका अध्यक्ष माधव तिमल्सिना, नेपाल खेलकुद महासघं जिल्ला अध्यक्ष धर्म लामा, जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख राजन दाहाल खुसराज लगाएतको उपस्थिति रहेको थियो ।