Swornakshar Logo

नेकपा स्थायी समिति बैठकमा मन्त्री परिषद् पुनर्गठनबारे कुरा उठ्यो

४ पुस । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी समिति बैठक जारी रहेको छ । नेकपा बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने नेताहरुले माग उठाएका छन् । बुधबारको बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले सरकारको कामको समीक्षा प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग गरे ।

उनले भने सरकारको गतिशीलता देखिएन। मन्त्रीहरुको कामको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ । यो सरकारले जुन तरिकाले जनतालाई सर्भ गर्नसक्नुपर्थ्यो, त्यो सकेन। सक्षमहरुलाई राखेर अक्षमहरुलाई हटाउनुपर्‍यो। मन्त्रिपरिषद्लाई पुनर्गठन गर्नुपर्‍यो।एसिया फ्यासिफिक समिटमा नेताहरुको सहभागिताको विषयमा पनि उनले कुरा उठाएका थिए। नेताहरुले आत्मालोचना गर्नुपर्छ उनले भने।

एक व्यक्ति एक पदको कुरा लागू गर्नुपर्ने बताए। विधानमै मुख्य जिम्मेवारी एउटा मात्रै लिने भनिसकेपछि मुख्यमन्त्री भइसकेपछि प्रदेशको इन्चार्जको जिम्मेवारी लिनुहुँदैन। या त मुख्यमन्त्रीको जिम्मेवारी लिनुहुँदैनु, उनले भने, दुइटै जिम्मेवारी लिनुहुँदैन। मापदण्ड अनुसारको प्रदेश कमिटी बनाउनुपर्छ ।
पन्तले नेताहरुले गोजीबाट नाम झिकेर प्रदेश कमिटी बनाएको भन्दै विरोध गरे।बैठकमा बोल्दै नेता लेखराज भट्टले सरकारले गरिरहेको कामबारे तल्ला तहमा पनि सूचना लैजानुपर्ने बताए। सरकार र पार्टीको अन्तर्क्रिया नभएकोमा असन्तुष्टि जनाए। सरकारको काम कारबाही हामीसम्म नै आइपुगेन, त्यसैले जनतामाझ जान पाएन। त्यसैले जनतामा निराशा पैदा भयो उनले भने।

अर्का नेता भीम आचार्यले पार्टीमा लोकतान्त्रिकरण जरुरी रहेको बताए।उनले पनि एसिया प्यासिफिक समिटमा सहभागिता गलत भएको र आत्मालोचना हुनुपर्ने बताएका थिए । केही दिनयता नेकपाको स्थायी समिति बैठक जारी छ। आजको बैठकमा आठ नेताले बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।