Swornakshar Logo

नेकपाको सचिवालय बैठक भोली बस्ने

२१ मंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोली शनिबार दिउसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
सचिवालयको बैठक भोली शनिवार दिउसो ३ बजे बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
सचिवालय बैठकमा सरकार र पार्टीका काम बारबाहि बारे छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । पार्टी एकता भएपछि नेकपाका पार्टी तथा सरकारका काम बारबाहिबारे बहस र छलफल हुने समिति सचिवालयमात्र छ ।
पछिल्लो समयमा सरकारका काम प्रति र पार्टीको तत्ला कमिटीमा भएको एकताको ढीलाईका बारेमा पार्टीको सचिवालय देखि तलसम्म आलोचना हुन थालेको छ ।
अझ एशिया पेसेफिक सम्मेलन भएपछि नेकपाका नेताहरु खुलेर नै सरकार र केहि पार्टी नेतृत्वको विरुद्धमा बोल्न थालेका छन् । सम्मेलन एउटा आइनजिओका कारण बदनाम भएको बताउदै आएका छन् ।
केहि दिन पहिलामात्र सचिवालयले ७ वटै प्रदेशका प्रदेश सदस्यहरुको नामावली टुङगाएको छ । तर यी नाममा पनि नेतृत्वले आ आफ्नो गुटका मानिसहरु राखेको कार्यकर्ताहरुको आरोप छ । पुराना कार्यकर्ता भन्दा पनि आफु निकटहरुलाई प्रदेश कमिटी सदस्य बनाएको आरोप छ ।