Swornakshar Logo

अब राजनीति सफा गर्ने आन्दोलन चलाऔंः नारायणकाजी

१६ मंसिर । काममाडौं । मी सबैले अहिले समृद्धि समृद्धि भन्दैछौं । नेकपा यही भन्छ, कांग्रेस यही भन्छ । नागरिक समाज, बुद्धिजीवी यही भन्छन् ।

समृद्धि नभई हुँदैन । तर, यत्रो सम्भावना भएको देशमा पनि हामीले किन अहिलेसम्म समृद्धि र विकास हासिल गर्न सकेनौं रु

हिजो हामीले के भन्यौं भने संक्रमणकाल छ, संविधान बनाऔं, संक्रमणकाल टुंग्याऔं अनि विकास गर्न सक्छौं । संक्रमणकाल पनि सकियो, संविधान पनि बन्यो ।

त्यसपछि हामीमा बहुमतसहितको स्थायी सरकार नभएर पो विकास नहुनेको हो कि भन्ने चिन्ता थियो । त्यो पनि नेकपाको पहलकदमीमा स्थायी सरकार बन्यो । ५ वर्ष सरकार टिक्ने ग्यारेन्टी भयो ।

अहिले राजनीतिक संघर्षको एउटा अध्याय समाप्त भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । अझै हामीसँग विकास र समृद्धि किन आउन सकेन ? अब के भन्नुहुन्छ ? निरंकुशताले गर्दा भन्नुहुन्छ ? संक्रमणकालले गर्दा भन्नुहुन्छ ? स्थायी सरकार छैन भन्नुहुन्छ ?

अब भन्ने ठाउँ छैन । अब काम गरेर देखाउनुपर्छ । अब नेपाली जनताले आफ्नै जीवनमा अनुभूति गर्न पाउने समृद्धि हासिल गर्ने काम बाहेक हामीसँग अर्को कुनै विकल्प छैन ।

अझै एउटा फलामे ढोका छ

अझै पनि देशमा किन विकास हुन सकिरहेको छैन रु किनभने समृद्धिमा पुग्न नदिने हामीसँग अझै एउटा फलामको ढोका छ । त्यो फलामको ढोका भनेको राज्यमा, राजनीतिक पार्टीहरुमा र समाजमा व्याप्त चरम भ्रष्टाचार हो ।

यो भ्रष्टाचारविरुद्ध अभियान नछेडिकन, भ्रष्टाचारलाई नियन्त्रण नगरिकन र सुशासन स्थापित नगरिकन कुनै पनि हालतमा समृद्धिको लक्ष हासिल सकिँदैन ।

सुशासन कायम गर्न सकिएन भने समृद्धि हासिल हुन सक्दैन र नेपाल जस्ताको त्यस्तै रहन्छ । यसले जनतामा ठूलो निराशा पैदा गर्छ । यो निराशाले दक्षिणपन्थी शक्तिहरुलाई आधार तयार गर्छ । यसबाट नेपालको राष्ट्रियतामाथि पनि खतरा पैदा भएर जान्छ । यसले दुबैखालका खतरा पैदा हुन्छन् र विखण्डकारी शक्तिले पनि मलजल पाउँछ ।

त्यसकारण हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएर, सुशासन कायम गरेर समृद्धिमा पुग्नुबाहेक अर्को कुनै विकल्प छैन । यसबारे सबैले छातीमा हात राखेर सोच्नुपर्ने अवस्था छ ।

अब राजनीति सफा गर्ने आन्दोलन चलाऔं

मैले भन्ने गरेको छु, अबको आन्दोलन भनेको राजनीति सफा गर्ने आन्दोलन हो । हिजो हामीले निरंकुशताविरुद्ध ठूलो राजनीतिक आन्दोलन र संघर्ष गर्यौं । आज आवश्यकता छ, त्यो राजनीतिक परिवर्तनलाई माध्यम बनाएर देशलाई समृद्ध बनाउने हो भने हामीले राजनीतिलाई सफा गर्नुपर्छ । राजनीतिलाई सफा नगरिकन चल्दै चल्दैन । सुशासन स्थापित हुँदै हुँदैन ।

के हामी राजनीतिक सफाइ आन्दोलनका लागि तयार हौंला रु यो सजिलो छैन । म तपाईहरुलाई भनौं, नेपालमा काम नगरिकन, राजनीतिक पार्टीमा लागेर कमिसन र दलालीको भरमा वैभवशाली जीवन बिताउने बीसौं हजार नेता कार्यकर्ता छन् । यस्ता नेता कार्यकर्ताहरुको भरमा समृद्धि कसरी हुन्छ रु

भ्रष्टाचारविरोधी भाषण गर्ने तर मेरा नजिकका बाहेक अरुलाई मात्रै कारवाही गर भनेर कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ रु त्यसैले मेरो भनाइ के हो भने अब राजनीति सफाइ गर्ने आन्दोलन चाहिएको छ । यो आन्दोलन पार्टीभित्र पनि चाहिएको छ र समाजभित्र पनि चाहिएको छ । अनिमात्रै हामी अगाडि बढ्न सक्छौं ।

पाँच वर्षमा एकचोटि चुनाव हुने, एउटा सरकारमा गठन हुने र अर्को सधैं विरोध गर्ने प्रतिपक्ष हुने । के यति भएपछि लोकतन्त्र हुन्छ ? लोकतन्त्र त आफूलाई सधैं विकसित गरिरहने प्रणाली हुनुपर्छ ।

र, दोस्रो, जनता सधैं सचेत भइराखनुपर्छ । जनताको सचेत निगरानी हुनुपर्छ । पाँच वर्षमा चुनाव हुने र पाँचवर्षसम्म जे जे गर भनेर छाडा छोडिदिने अनि प्रतिपक्षले पनि विरोधै मात्रै गरिरहने परम्परा सही होइन । त्यसैले जनताको सचेत निगरानीलाई लोकतन्त्रको अभिन्न अंग बनाइनुपर्छ । यसका लागि नागरिक समाजको भूमिका अपरिहार्य छ । किनभने सत्ताको चरित्र स्वाभाविकरुपले दमनकारी र निरंकुश चरित्रलाई अंकुश लगाउनका लागि नागरिक समाज सधैं सक्रिय हुनुपर्छ ।

सबै वकिल भएपछि देश कसरी बन्छ ?

हामीकहाँ अर्को एउटा समस्या पनि छ । यो देश वकिलहरुको देश बन्ने दिशातिर गइराखेको छ । वकिल भनेको के हो भने सत्य एउटा हुन्छ, तर मुद्दा आएपछि ऊ हत्याराको पनि पक्षमा बोल्छ । पैसा लिने हो, केस लड्ने हो । सत्य के हो वकिललाई मतलब हुँदैन ।

अदालतसम्म त वकिल हुन् बाबा । तर, हाम्रो देशमा त सबै वकिल भए । सत्यलाई सत्य भन्दैनन् । सबै वकिल भइसकेका छन् । सत्य के हो भन्ने मतलव छैन, मेरो पार्टीले के भन्छ त्यही ठीक हो भनेर हिँड्ने काम भइरहेको छ ।

जस्तो कि संविधानको धारा एउटै छ, तर व्याख्या पार्टीपिच्छे फरक फरक छ । संविधान हामीले नै मिलेर बनाएका हौं । तर, कुनै एउटा धाराको कुरा आयो भने कांग्रेसका वकिल र बुद्धिजीवी एकातिर हुन्छन् । नेकपाका बुद्धिजीवी र वकिल अर्को व्याख्या गर्छन् । यसरी सबै वकिल भएपछि देश कसरी बन्छ ?

बिराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाजको बैठकमा गरेको सम्वोधन