प्रधानमन्त्रीले लगाए भाइटीका
२३ कार्तिक ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् ।

उनले बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट भाइटीका लाएका हुन् ।

प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।




तस्वीर प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस्: