Swornakshar Logo

आजबाट पूर्णता पाए नेकपाका प्रदेश कमिटीले

१२ मंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बुधबार बसेको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको छ ।
सचिवालय बैठकमा लामो छलफलपछि प्रदेश कमिटीलाई पूर्णता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रदेश कमिटिका सदस्यहरुको नाम भने बिहीबारमात्रै सार्वजनिक गरिने श्रेष्ठको बताए । प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव भने असोज ५ गतेको सचिवालय बैठकले निर्णय गरेको थियो ।

आज बसेको सचिवाल बैठकले केन्द्रीय समितिको कार्यविभाजन र पोलिट्व्युरो गठन भने गर्न सकेन।

अर्कोपटक बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको एकीकरण, जिल्ला कमिटीको मुख्य नेतृत्व टुंगो लगाउने प्रवक्ता श्रेष्ठको भनाइ छ । सचिवालयको बैठकको मिति भने तोकिएको छैन । यस्तै सचिवालय बैठकले पार्टी स्थायी कमिटीको बैठकबारे पनि कुनै निर्णय गरेको छैन ।

विधानअनुसार हरेक ३ महिनामा स्थायी कमिटीको बैठक बोलाउनुपर्ने भए पनि २१ असारपछि नेपालको स्थायी कमिटीको बैठक बसेको छैन ।