Swornakshar Logo

प्रदेश ३ को प्रदेश सभा बैठकमा राजधानीको विषयप्रवेश नै भएन

१० मसिंर । मकवानपुर ।  प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक आज सोमबार बसेको छ । प्रदेश सभा बैठक आज ४९ दिनपछि बसेको हो । असोज २२ गतेपछि स्थगित भएको बैठक आज ४९ दिनपछि बसेको छ ।
आज बसेको बैठकबाट प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश नंबर ३ को मुख्यमन्त्रीको जीम्मेवारी प्राप्त गरेका छन् । मूख्यमन्त्री डोरमणी पौडेल आइतबार राति कतार प्रस्थान गरेकाले कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी जम्कट्टेलले पाएका हुन् ।

प्रदेशसभा भवन हेटौँडामा सोमबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेललाई कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी दिएको प्रदेश प्रमुख कार्यालयको पत्र पढेर सुनाएका थिए ।
सभामुख श्रेष्ठले भौतिक पूर्वाधार विकास मन्त्री केशवरत्न स्थापित पदमुक्त भएको प्रदेश प्रमुख कार्यालयको पत्र समेत पढेर सुनाएका थिए ।