Swornakshar Logo

कांग्रेस महासमिति बैठक काठमाडौंमा हुने

१० कात्तिक । काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठककोलागि आयोजना स्थल तय गरेको हो । कांग्रेस महासमिति बैठक आगामी छठ पछि गर्ने भनिएको छ तर, मिति भने अझै तय भइसकेको छैन ।
महासमिति बैठकको तयारीका सन्दर्भमा १२ गते अर्को बैठक बस्ने कांग्रेसले जनाएको छ ।