Swornakshar Logo

हराउँदै गएको दशैंको मौलिकता

२१ असोज
हेटौडा । सहरमा दसैँ छाइसकेको छ। राजधानीका फुटपाथ र विभिन्न नामका सपिङ सेन्टरमा दसैँ किन्नेको जुलुस देखिन्छ। कोही टिकट खरिदको चटारोमा छन्, कुनै एकसरो धरो फेर्ने मुडमा छन्। सबैका आँखामा चमक छ। उता वैदेशिक रोजगारीबाट फर्कनेहरूको अर्कै चनाखोपन छ। ठूलो सुटकेस र हातमा ३०(३२ इन्चको एल।इ।डी टिभी बोकेर एयरपोर्टबाट फुत्त निस्कन्छन्।

घर(परिवार(समाजबाट टाढिएको व्यथालाई यस्तै टिभी र दुई चारवटा मोबाइलले क्षतिपूर्ति गरेजस्तो लाग्छ। हामी नेपाली गरीब छौँ, तैपनि गरिबीको पीडाले हाम्रो मुस्कानलाई दबाएको छैन । हाम्रो खुसीको सूचांक विश्वमै उच्च तहको छ।

यस्तै चाडपर्वले हाम्रो जीवन शक्तिलाई सञ्चित गरेको छ। यदि नेपालीका जीवनबाट संस्कृतिलाई अपहरण गरिदिने हो भने हाम्रो पारिवारिक धरोहर गर्ल्यामगुर्लुम ढल्छ। सामाजिक सम्बन्धमा खिया लाग्छ र हाम्रो आयु कम्तीमा एक चौथाइ घट्छ।

यो आर्थिक विषमता, यो यथास्थिति र राज्यको नागरिकप्रतिको सुदीर्घ तिरस्कारले थिलोथिलो पारेको मनलाई यिनै चाडपर्वले अलिकति मलहम(पट्टी लगाइदिन्छन् र त हामी पुनर्ताजगीको अनुभव गर्दछौँ। दसैँ यद्यपि सबैका लागि उत्साहप्रद छ। अब ुकसैलाई दसैँ कसैलाई दशाु भन्ने लोकोक्ति व्यर्थको प्रलापजस्तो लाग्छ। हिजो आयआर्जनको आधार कमजोर थियो।

निर्वाहमुखी कृषिमा आश्रित नेपालीलाई पैसाको मुख देख्नु आकाशबेलीको जरो भेट्टाउनु झैँ दुर्लभ थियो। त्यसैले मिठोमसिनो खान, लुगाफाटो फेर्न र टीका दक्षिणाका निम्ति साहु गुहार्नु पर्थ्यो। अब त्यो विडम्बना रहेन।

मान्छेको श्रम गाउँमै बिक्ने भयो। मान्छे कृषिमा भन्दा दैनिक नगद आर्जनमा संलग्न भयो। त्यतिले नपुगेर आकर्षक रोजगारीको खोजीमा समुद्रपारीसम्म पुग्यो। केही सीप र ढंग नभएकाले पनि आज जग्गा किनबेचको मध्यस्थकर्ता बनेर गाउँमा गाडी चढ्ने भएका छन्। यो पनि विकासको एउटा लक्षण हो। यसरी परिवर्तनको संघारमा आइपुग्दा हामीले केही परम्परागत संस्कार र मूल्यलाई भने बिर्सन पुगेका छौँ। आजभोलि थारू गाउँमा मादल बज्न छोडे। गुरूवा(पातीको प्रचलन हटेको छ।

मगरहरूको सोरेटी नाचो पछिल्लो पुस्ताका लागि ुखै के खै के प्वाँक्कु भएको छ। बाहुन(क्षत्रीमा पनि दसैँको आध्यात्मिक पक्ष कमजोर बन्दै गएको छ र रसरंग प्रधानमात्रै बनेको छ। हाम्रा बाका पालातिर दैनिक दुर्गा सप्तशती पारायण हुन्थ्यो। मध्यान्हसम्म पूजापाठमै लिप्त हुन्थे बूढाहरू। दैनिक कुभिन्डो खोज्नुपर्थ्यो बलि चढाउने।

अब यी परम्परा धान्ने मान्छे सिला खोज्नुपर्ने भएको छ। अहिलेका अंग्रेजी स्कुलका बोइलर कुखुराहरू विज्ञान त पढ्छन् तर, धर्मविज्ञान पढ्दैनन्। आधुनिक बन्नु भनेको अरूको नक्कल गर्नु मात्र होइन, आफ्नैपनको प्रयोगबाट पनि अघि बढ्न सकिन्छ। एक दिन म पाटनतिर एउटा स्कुल खोज्दै थिएँ। बाटामा दुईटी छोरेट्टी भेट्टिए। मैले तिनलाई ए नानु१ यता कात्यायनी मा।वि। कहाँ छरु भनेर सोधेँ।

तिनीहरू यसरी जल्किए मानौँ मैले अर्कै लोकको भाषा बोलेको थिएँ। उनीहरूको आधुनिकता हेर्नुस्। आइँ१ के भनेको योरु रेस्टुरेन्ट हो यो कि सिनेमा घररु यो खालको शिक्षाले हाम्रा सन्ततिमा भाषा(संस्कृति, परम्पराको जिलो बच्लारु बरू गरिबी र अभावको पनि एउटा मजा थियो। नयाँ लुगा लगाउने कुराले पनि मन फुरूङ्ग हुन्थ्यो।

नरिवल,छोहोरा,मिस्री,ओखर,तिलौरा यिनमै कत्रो आकर्षण हुन्थ्यो। सबै कुरा सहज उपलब्ध हुँदा हाम्रो उत्तेजनाको नशा सुकिसकेको छ। रहरहरू पनि ओइलाउँदै गएका छन्। यो जीवनप्रतिकै निराशा त होइनरु हुन त, चाडपर्व भनेकै अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने हो। यसको पहिलो श्रेष्ठ उपभोक्ता बच्चाहरू नै हुन्।

यिनकै खुसीमा अभिभावकको प्रसन्नता निहित हुन्छ। तर, यतिखेर हामीले श्राद्धमा बिरालो बाँध्ने मात्रै काम गरिरहेका छौँ, जसले गर्दा दसैँको त्यो शक्ति आर्जनको उपासना(साधनाको ध्येय थियो क्रमशस् खण्डित भएको छ।

सायद यही कारण हो कि हामी पनि दिनहुँ शक्तिहीन(ओज र कान्तिहीन बन्दै गएका छौँ। आजभोलि बिहेमा पञ्चेबाजा र ढाँकाको दौरा(सुरूवाल आधुनिक परिधान बनेर आएको छ। काँसका थाल(कचौरा रेष्टुरेन्टका आधुनिक साधन बनेका छन्। कतै फेरि यिनै पूजापाठ तन्त्रमन्त्र पनि कुनै दिन नयाँ खोज र आविष्कार बन्ने त होइनन्, भन्न सकिन्न।