Swornakshar Logo

नेकपा सचिवालय बैठकः प्रचण्डले ओलीलाई भने बैठक बस्नु हुन्न भन्ने तपाई को हो ?

काठमाडौं । १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा नेताहरुले बाझाबाझ गरेका छन् । आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्तावमाथि छलफल भन्दा पनि नेताहरुबीच बाझाबाझ भएको छ । बैठकको सुरुमा नै नेताहरु बाझाबाझ भएपछि बैठक आरोप प्रत्यारोपमा सकिएको स्रोतले बताए । उनले ‘बैठकको सुरुमा नै बाझाबाझ भयो । प्रस्तावमाथि त बैठक प्रवेश नै गर्न पाएन ।’
हिजो बसेको सचिवालय बैठकले मंगलबारबाट बैठक पार्टी कार्यलय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । तर आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव मार्फत आफु धुम्वाराही नजाने जानकारी प्रचण्डलाई गराए । तर प्रचण्डले पनि पौडेल मार्फत बालुवाटार नजाने जानकारी दिए । तर ओलीले सुरक्षा थ्रेट भन्दै नजाने भनेपछि प्रचण्ड लगायतका सचिवालय सदस्यहरु बालुवाटार बैठक बस्न सहमत भएको स्रोतले बताए ।
आजको बैठक महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाएर सुरु भएको थियो । केक काटेर जन्मदिन मनाउदा नेकपाका नेताहरु जति खुशि थिए । बैठक सुरु भएपछि भने बैठक तिक्तापूर्ण अवस्था तर्फ गएको स्रोतले बताए । उनले भने ‘पहिला त सबै ठिक नै थियो । अध्यक्ष केपी ओलीले बोल्नु सुरु गर्ने बित्तिकै अर्का अध्यक्ष तर्फ छेड हान्दै आजको बैठकका एजेण्डा के हुन भनेर सोध्नु भयो त्यसपछि बैठकको माहोल नै फरक तरिकाले अगाडि बढ्यो ।’
स्रोतका भने ‘ ओलीले सुरुमा नै बैठक किन बस्नु प¥यो ? के कालागि बैठक बस्ने भनेपछि प्रचण्डले तुरुन्त जवाफ दिदै तपाई को हो र बैठक बस्नु हुन्न ,के कालागि बैठक बस्ने भन्ने । दुबै प्रस्तावमाथि छलफल गरेर पार्टीले निस्कर्ष निकाल्छ । बैठक बस्छ ।’
बैठकमा सुरुमा दुई अध्यक्षबीच जुहारी चलेपछि अन्य सदस्यहरुले पनि ओलीको आलोचना गर्न सुरु गरेका थिए । ओलीले प्रचण्डले माफि माग्नु पर्ने धारणा राखेपछि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम ,ईश्वर पोखरेल बैठक बसेपछि बोल्न नै नपाइने भन्ने हुन्छ ? प्रस्ताव आएपछि छलफल हुन्छ भन्दै ओलीको विरुद्धमा बोलेका थिए ।
ओली र प्रचण्डबीच बाझाबाझ भइरहदा अन्य सदस्यहरुले पनि आ आफ्ना भनाइ राखेको स्रोतले बताए । प्रचण्डले अझ ओलीले लगाएका आरोपको लिखित रुपमा जवाफ दिने बताएका थिए । प्रचण्डको भनाइ भन्दै स्रोतले भन्यो ‘ बैठक बसौ भनेर भन्दा लेखेर दिने तपाइ ,अनि त्यसको जवाफ लेख्नु पर्ने अवस्था आएपछि लेखेको हुँ । अझ पनि तपाईले ममाथि लगाएका आरोपको लेखेर नै जवाफ दिन्छु ।’
बैठकमा वरिष्ठ नेपाललले पनि पार्टीको पद्धति विधि र विधान ओलीले नमानेको आरोप लगाएका थिए । नेपालले ओलीलाई सच्चिनु पर्ने ,बैठकमा सहमति नभए विधानमा भएको व्यवस्था अनुसार पार्टी अगाडि बढ्ने धारणा राखेका थिए ।
खनालले पनि बैठकमा प्रस्तुत भएका दुबै प्रस्ताव पार्टीको सम्पति भएको र छलफल गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए ।
सधै ओलीको पक्षमा रहेका पोखरेलले पनि आज ओलीको आलोचना गरेका थिए । उनले बैठकमा बसेपछि सबैले बोल्न पाउनु पर्ने र प्रस्तावमाथि छलफल हुनु पर्ने धारणा राखेका थिए । आजको बैठकमा कसैको पनि पक्षमा विपक्षमा महासचिव विष्णु पौडेलमात्र बोलेका थिएनन् । आजको बैठकमा बहुमत सदस्यहरुले ओलीको आलोचना गरेको स्रोतले बताए ।