Swornakshar Logo

परेवाभीरलाई संघिय सरकारबाट दुई करोड लगानि

हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिमा रहेको परेवाभीरबाट सडक निर्माणको लागि संघिय सरकार बाट दुई करोड रुपैँया शसर्त अनुदान प्राप्त भएको छ । गत भदौ ९ गतेको मन्त्रीस्तरको निर्णयबाट राक्सिराङ गाउँपालिका क्षेत्रमा पर्ने उक्त सडक निर्माणको लागि दुईकरोड विनियोजन भएको हो । मनहरी ,चैनपुर, बोटबारी हुँदै रतुवा, खैराङ, धादिङ(मलेखु)जोडने सडक अन्र्तगत बोटबारी, परेवाभिर सडकखण्डको लागि उक्त रकम विनियोजन भएको हो ।

परेवाभिर सडकखण्डको करिब ७ सय मिटर सडक निर्माणको लागि गाउँपालिकाले बहुबर्षिय ठेक्का अन्र्तगत ६ करोड ६९ लाख रुपैँया बराबरको ठेक्का आह्वान गरेको र गाउँपालिकाले उक्त सडकको लागि २ करोड रकम विनियोजन गरेको हुँदा रकम अभाव भएको कारण मन्त्रालयले दुई करोड रुपैँया अनुदान स्वरुप विनियोजन गरेको हो ।
यो सँगै करिब अब उक्त सडक निर्माणको लागि ४ करोड रुपैँयाको जोह भएको छ भने दुई करोड ६९ लाख रुपैँया अझै अपुग देखिएको छ ।

परेवाभिरको सडक बनाएरै छाड्ने सांसद खतिवडाले बताइका छन् । खतिवडा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर २ का सांसद हुन् । उनले यो पटक दुई करोडमात्र जोह गर्न सकेको र आवश्यक रहेको बाँकी रकम पनि अन्य क्षेत्रबाट जुटाउने काम जारी रहेको बताए । पश्चिम मकवानपुरको एउटा महत्वपूर्ण योजनाको रुपमा आफुले परेवाभीर सडकलाई लिएको भन्दै खतिवडाले उक्त सडक निर्माण सम्पन्न गरि ति क्षेत्रका जनताको सपना पुरा गर्ने दाबी गरेका छन् । परेवाभीरबाट सडक निर्माण भएरै छाड्ने भन्दै उनले जनतालाई आशावादी हुनको लागि समेत आग्रह गरेका छन् । आफुले भनेको २ करोडको बाचा पुरा गरेको भन्दै नेकपा केन्द्रीय सदस्य समेत रहेका खतिवडाले अपुग रकमको समेत जोह गर्न आफु लागिपरेको बताएका छन् ।