Swornakshar Logo

३६० रुपैयाँमै पाउन सकिन्छ अक्सफोर्डको कोरोना भ्याक्सिनु

एजेन्सी । विश्वभर महारमारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) ले पछिल्लो दिनहरुमा दक्षिण एसियाको नेपालसहित भारतमा आफ्नो प्रभाव एकदम छिटो बढाइरहेको छ । भारत हरेक दिन थपिने नयाँ संक्रमित व्यक्तिहरूको संख्यामा पहिलो स्थानमा पुगेको छ ।

यस्तो अवस्थामा, अब सबैजनाले कोरोना खोपको परीक्षणबाट सफलताको आशा गरिरहेका छन् । जसमध्ये मानिसहरूसँग अक्सफोर्ड विश्वविद्यालयको खोपबाट सबैभन्दा बढी आशा रहेको छ ।

उक्त खोप मानव परीक्षणको अन्तिम चरणमा छ । यसैबीच इकोनोमिक टाइम्सले गरीब र मध्यमवर्गीय परिवारका लागि उक्त खोप सर्वशुलभ मूल्यमा उपलब्ध हुने दावी गरेको छ । जसअन्तर्गत कोरोना भ्याक्सिनको मूल्य ३ सय ६० रुपैयाँ हुने दावी गरिएको छ ।

विश्वभरमा कोरोनाविरुद्धको खोपको विकासमा अग्रणी रहेका कम्पनीहरू र देशहरूमध्ये संयुक्त राज्य अमेरिका, चीन, रुस र अक्सफोर्ड विश्वविद्यालय रहेका छन् । विश्वको सबैभन्दा ठूलो खोप कम्पनीहरु मध्ये एक, भारतको सिरम इन्स्टिच्युट अक्सफोर्ड विश्वविद्यालयमा विकास भइरहेको कोरोना खोपमा पनि साझेदार रहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयमा विकास भइरहेको कोरोना खोपको सफल परीक्षणपछि, भारतको सिरम संस्थानले यसलाई ठूलो मात्रामा भारतमा उत्पादन गर्नेछ । कम्पनीका सिइओ अदर पुनावालाले केही दिन पहिले भारतमा उत्पादन हुने उक्त भ्याक्सिनको नाम कोभिसिल्ड रहने तथा मूल्य १ हजार रुपैयाँ आसपास रहने बताउका थिए ।

तर, इकोनोमिक टाइम्सको दावीअनुसार कम्पनीले ३ सय ६० रुपैयाँमा कोरोना खोप बेच्न सक्छ । रिपोर्टकाअनुसार अक्सफोर्ड कोभिड भ्याक्सिन कम र मध्यम आय भएका देशहरुमा सुरक्षा क्लियरन्स पाइसकेपछि मात्र ३ सय ६० रुपैयाँ अथवा ३ डलरको आसपास मूल्यमा उपलब्ध हुनेछ ।