Swornakshar Logo

भोलीबाट जोर बिजोर प्रणाली, राति ९ देखि बिहानसम्म आवागमन बन्द

काठमाडौं । २१ साउन । सरकारले बिहीबारदेखि फेरि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको गृह मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा जनाएको छ ।

गत सोमबारकोे मन्त्रिपरिषद् बैठकले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो । बिहीबार औपचारिक रूपमा निर्णय सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुवाहक सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाका सहरी इलाका र जिल्लाभित्र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने ।’