Swornakshar Logo

युवाहरूले गरे मनहरी १ मकरीमा सभाहल बनाउन २ लाख आर्थिक सहयोग

हेटौँडा । १७ साउन । मनहरी १ मा सभाहल निर्माणका लागि १० जना युवाहरुले आर्थिक सहयोग गरेका छन्।मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा सभाहल निर्माणका लागि १० जना युवाहरुले करिब दुई लाख सहयोग गरेका हुन । वडामा कुनै सभा समारोह गर्नु परेमा समस्या हुने गरेकाले सभाहल निर्माणकालागि सहयोग गरेको युवा नेता तथा व्यवसायी शंकर न्यौपानेले बताए ।