Swornakshar Logo

पत्रकारमाथि प्रतिबन्धः सीएनएनले हाल्यो ट्रम्प प्रशासनमाथि मुद्दा

एजेन्सी २८ कार्तिक । काठमाडौं । केबल न्युज नेटवर्क(सिएनएन)ले व्हाइट हाउसले आफ्नो वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता खारेज गरेको विषयमा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेको छ ।
जिम एकोस्टा व्हाइट हाउसमा सीएनएनका प्रमुख संवाददाता थिए । अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग बहस भएपछि उनको ‘प्रेस हार्ड पास’ फिर्ता लिएको थियो । सीएनएनले आरोप लगाएको छ कि एकोस्टाको संवैधानिक अधिकारको उल्लघंन भएको छ ।
यो मुद्दा मंगलवार वाशिंगटनमा दायर गरीएको छ । यसमा ट्रम्प र उनका अन्य सहयोगीहरुलाई प्रतिवादी बनाइएको छ । यी अधिकारीमा चीफ अफ स्टाफ जन केली र व्हाइट हाउसकी प्रेस सचिव सारा सडर्स पनि छिन् ।
सारा सैडर्सले एकोस्टाको पास रद्द गर्नुको कारण अस्विकार्य आचरण गरेको बताइन । उनले मंगलबार भनिन कि जिम एकोस्टा सीएनएनका करीब ५० जना हार्ड पास पाउनेमा एक हुन । यस्तो पहिलो पटक भएको होइन जब उनले अर्को पत्रकारलाई प्रश्न सोध्नबाट रोकेकि हुन ।
उनले भने‘यदि कोइ रिपोर्टर यस किसमको व्यवहार गर्छ भने व्हाइट हाउस व्यवस्थित र निस्पक्ष प्रेस कन्फ्रेन्स गर्न सक्दैन । यो एक पेशेवर पत्रकारकोलागि सहि होइन ।’
एकोस्टाले आरोप झुठा भएको बताए
यो घटनापछि सारा सैडर्सले ट्वीट गरेर एकोस्टामाथि ‘आफ्नो काम गरीरहेकी एक महिलालाई जबरजस्ती हातले रोक्ने कोशिश ’गरेको आरोप लगाएकी छन् ।
सारले यो कुरा त्यो महिलाकोलागि भनिन जुन व्हाइट हाउसमा इन्र्टन र प्रेस कन्फ्रेन्सको समयमा जिम एकोस्टाबाट माइक खोस्ने कोशिश गरीरहेकी थिइन । यद्यपि एकोस्टाले व्हाइट हाउसको आरोपलाई गलत भनेका छन् र आफुले केहि पनि गलत नगरेको बताए । पछि सारा सैडर्सले त्यो भिडियोलाई जुम गरेर एक क्लिप पनि शेयर गरेको छ । यस भिडियोलाई लिएर विशेषज्ञहरुको भनाइ छ कि स्पीड साथ छेडछाड गरीयो । त्यसपछि व्हाइट हाउस करस्पेन्डेन्स एसोसिएशनले ट्रम्प प्रशासनलाई यो निर्णय फिर्ता लिन अपिल गरेको थियो ।
के भएको थियो पत्रकार सम्मेलनमा
यो घटना ७ नोभेम्बरको हो । जब एक पत्रकार सम्मेलको दौरान ट्रम्प र एकोस्टाको बीच केहि प्रश्नको विषयमा बहस भएको थियो । यसको एक दिनपछि उनको पास फिर्ता गरीयो ।
एकोस्टा अमेरीकी राष्ट्रपतिसंग मेक्सिकोका शरणार्थिहरु र मेक्सिकोबाट अमेरिका आउने प्रवासीहरुको एक जत्थाको बारेमा प्रश्न सोध्न चाहन्थे । यहि प्रश्नकोबीचमा नै ट्रम्पको अफिसमा कार्यरत एक महिलाकर्मिले पत्रकारको हातबाट माइक खोस्ने कोशिश गरीन ।
ट्रम्पले भनेका थिए कि ‘धेरै भयो धेरै भयो…..अब भयो ।’एकोस्टालाई माइक तल राख भनेका थिए ।
ट्रम्पले भने‘सीएनएन आफैले लाज मान्नु पर्ने हो कि तपाई जस्तो पत्रकार उसकोलागि काम गर्नु हुन्छ । जस्तो किसमको व्यवहार तपाईले सारा सैडर्सको टीम सदस्यसंग गर्नु भयो, त्यो निन्दनिय हो ।’
मुद्दा हाले पछि सीएनएनले एक विज्ञप्तीमा भनेको छ‘हामीले अदालतसंग भनेका छौ कि एकोस्टाको पास फिर्ता गराउन र आदेशमा रोक लगाउन आग्र गरेका छौ । यो प्रक्रियाबाट स्थाइ राहत माग्ने छौ ।’ यो मुद्दा सीएनएन र एकोस्टाको तर्फबाट हो तर यस्ता किसमको व्यवहार जो कसैको साथ पनि हुन सक्छ । व्हाइट हाउस हाम्रा प्रतिनिधिमाथि यस्तो खतरानाक प्रभाव हाल्न सक्छ ।’