Swornakshar Logo

बामदेवलाई भेट्न महासचिव पौडेलसहित भैसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । १३ साउन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । मंगलबार साँझ ७ बजे महासचिव विष्णु पौडेलसहित प्रधानमन्त्री ओली गौतम निवास पुगेका हुन।

गौतमले मंगलबारमात्रै विवाद समाधानकालागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

पार्टी एकता बचाउन आफूले प्रस्ताव ल्याएको गौतमको दावी छ । गौतमले ६ बुँदे प्रस्ताव ल्याए पनि मंगलबार अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी बैठकमा सहभागि भएर ओलीको आलोचना गरेका थिए । त्यसलगत्तै गौतमलाई फकाउन प्रधानमन्त्री उनको निवास पुगेको स्रोतले बतायो । ओलीको साथमा पत्नी राधिका शाक्य पनि गौतम निवास पुगेकी छन् ।