Swornakshar Logo

बाटो त बन्छ, तर परेवा भिरबाट चाहि बन्दैनः मुख्यमन्त्री पौडेल

हेटौँडा । ७ साउन । पछिल्लो समय निकै चर्चामा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाको परेवा भिरबाट प्रदेश सरकारले सडक निर्माण नगर्ने भएको छ ।

आज हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले परेवा भिरबाट बाटो बन्न सक्ने संभव नभएको कारण परेवाभिरको विकल्प खोजेर बाटो निर्माण हुने बताए ।

परेवा भिरको विषयमा चर्चा परिचर्चा धेरै सुनेको भन्दै उनले सडक निर्माण हुनै नसक्ने ठाउँबाट सडक बनाउछु भन्नु राम्रो नभएको भन्दै सडक बन्ने तर परेवा भिरको आसपास या पारिबाट बन्ने बताए ।

प्रदेश सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर प्रदेशभर आफ्नो गतिविधिलाई सञ्चालन गरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले परेवा भिरबाट हिडनुपर्ने वाध्यतालाई प्रदेश सरकारले महत्वको साथमा लिएको र अब उक्त क्षेत्रमा सडक निर्माण हुने समेत बताए ।

परेवा भिरको विकल्पको रुपमा प्रदेश सरकारले उक्त क्षेत्रको अनुगमन तथा अनुसन्धान समेत गरिसकेको पनि पौडेलले बताएका छन् ।