Swornakshar Logo

बृद्धको मृत्यु भएपछि हेटौँडाको राप्ति खोलामा रहेको तुईन आज हटाएको छ

हेटौँडा । ७ साउन तुईनबाट खसेर मंगलबार हेटौँडामा एकजना बृद्धको मृत्यु भएपछि बागमती प्रदेश सरकारले आज उक्त तुईन हटाएको छ ।

तुईन हटाउनु अघि

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले तुईनलाई आफु सरकारमा आए लगतै हटाउन खोजेपनि केहि स्थानीय र जनप्रतिनिधिको कारण विस्तापन गर्न नसकेको बताए ।
आफुले तुईनको कारण दुर्घटना हुने भन्दै पटक पटक त्यहा रहेका जनप्रतिनिधिलाई उक्त तुईन बिस्तापनमा भूमिका खेल्न भनेको समेत उनले बताए ।

हिजोमात्र हेटौडा वडा नम्बर–१ लालझाडी निवासी ७७ वर्षिय कृष्ण प्रसाद पराजुलीको तुइनबाट खसेर मृत्यु भएको थियो ।