Swornakshar Logo

हेटौंडा–४ स्थित् चोकको नाम अब सुस्मिता चोक

हेटौंडा । ४ आईतवार । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्यचोकको नाम सुस्मिता चोक राखेका छन् । गत असार १ गते हत्या भएकी सुस्मिता केसी थापाको सम्झनामा उक्त चोकको नाम सुस्मिता चोक राखिएको स्थानीयवासीको भनाइ रहेको छ ।

सुस्मिताको आफ्नै ससुरा प्रकाश थापा, सासु तुलसा थापा र नन्दहरु सीता थापा र दुर्गा थापा कार्की मिलेर हत्या गरेका थिय । ९ महिना अघि दुर्घटनामा आफ्नो श्रीमान रुपेन्द्र थापा गुमाएकी सुस्मितालाई श्रीमानको बिमा बापत केही रकम आउने देखेपछि उक्त रकम सुस्मिताले नभई आफुहरुले लिने उद्देश्यले परिवार नै मिलेर सुस्मिताको हत्या गरेको थियो ।

सो घटनामा जिल्ला अदालत मकवानपुरले थप अनुसन्धानको लागि उनीहरु चारै जनालाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । अदालतले सुस्मिताको ससुरा प्रकाशलाई चितवनको भरतपुर कारागार र अन्यलाईलाई भीमफेदी कारागार पठाइएको जनाएको छ ।