Swornakshar Logo

बझाङमा पहिराले १७ घर पुरिए, चार बेपत्ता तीन जनाको शव भेटियो

बझाङ । २० असार । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका ( ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् र सो पहिरोमा परी सात जना बेपत्तामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार राति १२ बजेतिर पहिरो आएको हो।

पहिरोमा परेर ११ वर्षकी सुन्ता जेठारा, ७ वर्षकी अस्मीता जेठारा र ११ वर्षका प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्यको बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुमा ८० वर्षका दले जेठारा २० वर्षका जिरजा जेठारा, ४४ वर्षकी रामदेवी जेठारा र ७ वर्षकी शान्ता जेठारा रहेका वडाध्यक्ष गणेश बोहराले घटनास्थलबाट जानकारी दिएका छन्।

पुरिएकी रामदेवी जेठाराका मृतक भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छन् । पुरिएका घरको पशु चौपायसहित खाद्यान, लत्ताकपडा, धन सम्पति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताएका छन्।