Swornakshar Logo

सरकार विरुद्ध प्रजातान्त्रिक महिला संगठनको विरोध प्रदर्शन

काठमाडौं । १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले एमसीसी, महिला हिंसा,जातिय हिंसा र भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ
सरकारले महिला हिंसा रोक्न नसकेको , अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संसदबाट पास गर्न थालेको ,भ्रष्टाचारले सिमा नाघेको भन्दै विरोध प्रर्दशन गरेको नेता विन्दा गिरीले बताइन् ।

एमसीसी चाहिदैन, भ्रष्टाचारीलाई कारवाही गर, महिला हिंसाको अन्त्य गर, महिलामैत्री क्वारेन्टिन र बलात्कारीलाई सजायको माग गर्दै बुधबार माइतीघरबाट सुरू भएको विरोध र्याली बानेश्वरमा पुगेर सम्पन्न भएको थियो ।
¥यालीमा एमसीसीको पक्ष र विपक्षबीच विवाद भएको सहभागी एक नेताले बताए । ती नेताले भने ‘पहिला एमसीसी चाहिदैन भन्दै नारा लगाउदै माइतिघरबाट नयाँ बानेश्वर पुगेका थियौ । त्यहाँ पनि एमसीसी चाहिदैन भनेको पेपेर बोकेर हिडेका थियौ तर एक्कासी यो हटाउनु होस भन्न थालियो । त्यसपछि विरोध र विवाद भयो । हामी एमसीसी खारेजको माग गर्न गएका हौ । नकि चाहिन्छ भनेर ।’

राप्रमंसको कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ विजयकला राईले, लोकतन्त्रको नाममा राष्ट्रघाती काम हुन लागेको भन्दै सरकारको खरो आलोचना गरे । कोरोना महामारी विरूद्ध सरकारी व्यवस्थापन कमजोर रहेको टिप्पणी गर्दै, क्वारेन्टिनमा महिला बलात्कृत हुँदा सरकार टुलुटुल हेरेर बसेको भन्दै आक्रोश व्यक्त पोखेकि थिइन । ।