Swornakshar Logo

वैवाहिक अंगिकृतमा ७ वर्षको व्यवस्था संविधानको मूल मर्मविपरीतः महतो

काठमाडौं । ७ असार । राजपाका सांसद राजेन्द्र महतोले वैवाहिक अंगिकृतका लागि ७ वर्षको प्रावधान संविधानको मर्म विपरीत भएको बताएका छन् । आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता दिन ७ वर्षको प्रस्ताव गरिएकोमा आपत्ती जनाए ।
‘सरकार किन उल्टो बाटोमा हिँड्न खोजेको हो बुझिएन । यसअघि यस्तो प्रावधान कहिल्यै पनि आएन । यो व्यवस्था संविधानको मूल मर्मविपरीत छ,’ उनले भने, ‘‘यो किन आयो, कसरी आयो रु बुझ्‍न सकिएन । त्यो वैवाहिक सम्बन्धले राष्ट्रियतामाथि कहाँ प्रभाव पारेको छ ? छैन भने त्यो सम्बन्धलाई किन दण्डित गर्न खोजेको ्? जनस्तरको सम्बन्धलाई टुटाउनुहुँदैन । एउटै परिवारमा बहुराष्ट्रियता । विभाजित राष्ट्रियता देखिँदा राम्रो गर्दैन ।’

उनले यो व्यवस्थाले महिलाको स्वाभिमानमाथि आक्रमण गरेको पनि बताए ।

त्यस्तै सांसद वृजेशकुमार गुप्ताले पनि ७ वर्षको प्रावधान संविधान विपरीत भएको बताए । सरकारले संसद् दर्ता गराएको प्रस्ताव नै ठीक भएको भन्दै उनले समितिले सरकार र संविधान विपरीत काम गरेको बताए ।