Swornakshar Logo

रंगभेदी मूर्तिमाथि आक्रमण : वर्तमानको अपमान कि इतिहासको पुनर्मूल्याङ्कन ?

हेटौडा । ३१ जेठ ।अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्यु भएपछि पुनःजागृत भएको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका सालिकहरुलाई निशाना बनाएका छन् । यस्तो निशानामा पर्नेहरुमा अमेरिकी महादेशको खोजी गर्ने क्रिस्टोफर कोलम्बस, बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटन र रबर्ट मिलिगन, स्काउटका संस्थापक बाडेन पावेल, भारतका राष्ट्रपति महात्मा गान्धी, विश्वकै चतुर मानिएका बेलायती प्रधानमन्त्री विस्टन चर्चिललगायत छन् ।

इटालियन अन्वेषक क्रिस्टोफर कोलम्बस ९१४५१–१५०६० लेअमेरिकी महादेशका आदिवासीहरुलाई निर्ममतापूर्वक दमन गरेको, उनीहरुका लास माथि परेड खेलेको,बलात्कार गरेको, नाक–कान काटेर आफ्नो दास बनाएको, अमेरिकी आदिवासीको संस्कृति विनास गरेको लगायतका अत्याचारका बारेमा ४८ पृष्ठ लामो निवेदन स्पेनको राजदरबारमा उतिबेलै बुझाइएको थियो । अहिले अमेरिकाको बोस्टोन, न्युयोर्क र ह्युस्टन सहरहरुमा कोलम्बसको मूर्ति तोडफोड गर्ने वा रंग पोत्ने गतिविधि गर्दै प्रदर्शनकारीहरुले “इतिहासको दमनकर्तालाई यहाँबाट हटाऊ” भनी लेखेका छन् ।

“ब्ल्याक लाइफ म्याटर”आन्दोलनकै क्रममा बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटन ९१६३६–१७२१० को ब्रिस्टोलमा भएको मूर्तिलाई डोरीले तानेर लडाएर सडमा लछारपछार गर्दै, लात्तले हान्दै अन्त्यमा एभोन नदीमा फालियो । कोल्सटन दासप्रथाका महानायक थिए । उनले ‘द अफ्रिकन ट्रेडिङ कम्पनी’खोलेर अफ्रिकाबाट अमेरिका दास व्यापार गर्ने एकाधिकार लिएका थिए । उनले बिरामी, रोगी वा अस्वस्थ दासदासीलाई आन्द्रमहासागरमा फाल्ने र स्वस्थलाई मात्रै अमेरिका पुर्याएर बेच्ने गरेका थिए ।

कोलम्बस
उनको मूर्तिलाई एभोन नदीमा फाल्नुको रोष त्यही अत्याचार थियो । बेलायतीहरुले अफ्रिकाबाट एक करोड २० लाख दासदासी अमेरिका लगे, तिनीहरुलाई कोचाकोच गरी पानीजहाजहरुमा राखियो, जसमा बिरामी भएको, अनुशासन नमानेको लगायतका कारणले करिब २० लाखलाई आन्ध्र महासारमा डुबाइदिए । सेताहरुले काला माथि गरेको इतिहासको त्यो क्रुरताको वर्णन गर्न जति लेखे पनि साध्य छैन । दासदासी व्यापारबाट कोल्सटनले अकुत सम्पति कमाए, जसलाई उनले बेलायतीहरुको समाजसेवामा लगाए । फलतः उनका नाममा बेलायतमा दर्जनौं संस्थाहरु खुलेका थिए । रंगभेद विरुद्धको चक्रव्यूहमा बितेको एक दशकमा कोल्स्टनका नाममा खोलिएका ट्रस्ट, राजमार्ग, विद्यालय लगायतको नाम परिवर्तन गर्ने लहरै चलेको छ ।

लण्डन म्युजियम ९डकल्यान्डस्० को बाहिरपट्टी राखिएको रबर्ट मिलिगन ९१७४६–१८०९० को मूर्तिलाई पनि हतारहतार हटाइएको छ । मिलिगनले जमैकाको आफ्ना दुई उखु खेतीमा काम गर्न ५२६ अफ्रिकीहरुलाई दास बनाएका थिए । “ब्ल्याक लाइफ म्याटर”को समर्थनमा प्रदर्शनकारीहरुले उनको मूर्तिमाथि विभिन्न रंग पोतेर एउटा कपडा ओढाइदिएका थिए।

मिलिगन
नेपालमासमेत निकै लोकप्रिय रहेको स्काउट अभियानका संस्थापक बाडेन पावेल ९१८५७–१९४१० मा मूर्तिहरु पनि प्रदर्शनकारीहरुको निशानामा परेकाले उनको मूर्ति त्यहाँबाट हटाउन बेलायतका स्थानीय सरकारहरुले काम गरिरहेका छन् । पावेल ब्रिटिस आर्मी थिए । त्यहाँ रिटायर्ड भएपछि सन् १९०८ मा केटाहरुका लागि स्काउट खोले । उनी सेताहरु भगवानका उत्कृष्ट श्रृष्टि हुन भन्ने भावना राख्थे । काला वा अन्य मानिसहरुप्रति उनको दृष्टि घृणायुक्त थियो । उनी हिटलर वा मुसोलिनीजस्तो तानाशाही शासन व्यवस्थाको पक्षपाती थिए ।

त्यस्तै अहिंसात्मक आन्दोलनका प्रणेता र भारतका पूर्वराष्ट्रपति महात्मा गान्धी९१८६९—१९४८० पनि अहिलेको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनको निसाना बनेका छन् । गत जुन ४ तारिखमा अमेरिकाको वासिङटन डिसीमा भारतीय राजदूतावास अघिल्तिर भएको मूर्तिमा प्रदर्शनकारीहरुले तोडफोड गरी रंग पोतिदिएपछि त्यो मूर्तिलाई सेतो कपडाले छोपिएको छ।

महात्मा गान्धी
तर, गान्धीका प्रतिमाहरु युरोप र अफ्रिकामा पनि उनको रंगभेदी नीतिका कारण निसानामा परिरहेका छन् । बेलायतमा लण्डनको पार्लियामेन्ट स्क्वायरमा भएको प्रतिमामा पनि ‘रेसिस्ट’ लेखिएको छ । लण्डनमा कानुनको पढाइ सक्नेबित्तिकै गान्धी दक्षिण अफ्रिकामा रहेका भारतीयको अधिकारका लागि २१ वर्ष ९१८९३–१९१४० वकालत गर्न गए । उनले दक्षिण अफ्रिकामा काला मानिसहरु माथि गोराहरुले गरेको अत्याचारमा नबोलेको र कालाभन्दा भारतीयहरु माथिल्लो श्रेणिका मानिस हुन् भनी लबी गरेको आरोपमा अफ्रिकाको केन्या, दक्षिण अफ्रिका लगायतका देशहरुमा रहेका उनका प्रतिमाहरु बेलाबेला तोडफोड हुने गरेका छन ।

यसपालिको आन्दोलनमाविश्वकै चतुर मानिएका बेलायती प्रधानमन्त्री विस्टन चर्चिल ९१८७४–१९६५० को लण्डनको सालिक पनि आक्रमणको निशानामा पर्यो।उनले दोस्रो विश्वयुद्धमा बेलायतको नेतृत्व गरी जिताएको भए पनि उनका विचारधारा अफ्रिकी मूलका र अश्वेत मानिसहरुको खिलाफमा थियो । चर्चिलले सबैभन्दा ठूलो अपराध भारतीयहरु माथि गरेका थिए । चर्चिलले दोस्रो विश्वयुद्धका लागि भारतको अधिकांश खाद्यान्न नियन्त्रण गरेर बेलायत ल्याएका थिए, जसका कारण बंगालमा सन् १९४३ ठूलो अनिकाल पर्यो जसले कम्तीमा ३० लाख मानिसहरुको मृत्यु हुनपुग्यो । चर्चिलको त्यो अपराधको तुलनामा दोस्रो विश्वयुद्धको विजय फिका लाग्छ ।

विस्टन चर्चिल
बेलायतले सन् १८०७ मा दासदासी खरिदबिक्री बन्द गर्यो । अमेरिकामा सन् १८६३ मा अब्राहम लिंकनले यो प्रथालाई समाप्त पारे । तर अमेरिका र युरोपमा विभिन्न स्वरुपहरुमा त्यो इतिहासको दासत्वको विरासत झल्किएको देख्न सकिन्छ । उदाहरणका लागि अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् १९७० को दशकमा हाउजिङ कम्पनि चलाउँथे । उनको कम्पनीका भवनहरुमा कालो छाला भएका मानिसलाई भाडामा बस्न दिएका थिएनन् ।

सन् १९९० सम्म पनि दक्षिण अफ्रिकामा बेलायती सेताहरुको सर्वोच्चता कायमै थियो, जहाँ सेतो छाला भएको मान्छेले अपराध गरेछ भने पनि कालो छाला भएको प्रहरीले पक्राउ गर्न मिल्दैनथ्यो । नेल्सन मण्डेलाको उदयपछि मात्रै संसारमै धेरै सुनखानी भएको देश दक्षिण अफ्रिकाले रंगभेदी शासनबाट मुक्ति पायो । तर जिम्बाब्बेका तत्कालिन राष्ट्रपति रबर्ट मुगाबेका केही भनाइहरुले रंगभेद कहिल्यै समाप्त नहुने संकेत गर्छन् । मुगाबेले भनेका थिए— सेता कारहरुले काला टायरहरु लगाउञ्जेलसम्म, सेतो रंगले शान्ति र कालो रंगले कुसाइत जनाउञ्जेलसम्म, बिहेमा सेता लुगा र अन्त्येष्टीमा कालो लुगा लगाउञ्जेलसम्म रंगभेद समाप्त हुँदैन ।

हुन त नेपालमा पनि स्थापित मूर्तिहरुमा आक्रमण र तोडफोड हुने चलन नौलो होइन । छयालिस सालको जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा महेन्द्रका सालिकहरु निसानामा परे । दरबारमार्गको राजा महेन्द्रको सालिकमा जुत्ताको माला लगाउन गएका केही विद्यार्थीहरु सेनाको गोली लागी तत्कालै मारिए । त्यो बेला राजाको सालिकलाई जनताको जीवनभन्दा बढी महत्वको मानिन्थ्यो ।

भानुभक्त आचार्य
दोस्रो जनआन्दोलन भनिने २०६३–६३ को समयमा राजखलक ९पृथ्वीनारायण शाह, राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र० एवम् तराइका विभिन्न जिल्लामा रहेका नेपाली भाषी साहित्यकारका मूर्तिहरु समेत आक्रमणको निसाना बने । कीर्तिपुरेहरुको नाक काटेको आधारमा आज पनि राजा पृथ्वीनारायण कतिपय समुदायका लागि अत्याचारको प्रतिक बनेका छन् । उनले थालेको नेपाल एकीकरणको अभियान नेपालको इतिहासमा अद्वितीय हुँदाहुँदै पनि इतिहासलाई वस्तुगत विश्लेषण गर्न हिच्किचाउनु पर्ने कुनै कारण छैन ।

जर्मन साहित्यकार फ्रेडरिक नित्सेले इतिहासलाई मनुमेन्टल, एन्टिक्वारियन र क्रिटिकल भनी तीन समूहमा वर्गीकरण गरेका छन् । मनुमेन्टल हिस्ट्री भनेको सालिक र स्मारकहरुको इतिहास हो, जसले इतिहासमा दिग्विजय गरे । राज्य विस्तारका लागि हजारौं योद्धाहरु सहभागी हुन्थे तर नाम एउटा राजाको मात्रै हुन्थ्यो । उसको मात्रै सालिक बनाइन्थ्यो । उसका कमजोरीहरु इतिहासबाट हटाइन्थ्यो र उसका नाममा अनेक मिथकहरु बनाइन्थे । नेपालमात्रै होइन, विश्वकै इतिहास करिबकरिब ७५ देखि ८० प्रतिशतसम्म स्मारक र सालिकहरुको इतिहास हो । प्राचीन मिश्रको हरेक भीमकाय पिरामिड जित्नेहरुको इतिहास हो । त्यहाँ पिरामिड बनाउनेको कुनै नामोनिसान हुन्न ।

एन्टिक्वारियन अर्थात् पुरातात्विक इतिहास भनेको इतिहासको स्वर्णकालको वर्णन हो, जहाँ रामराज्यको चर्चा हुन्छ । त्योसँग जोडिएका सभ्यता, संस्कृति र परम्पराहरुको बखान यसमा अटाउँछ तर त्यसबेलाको दुःखको चर्चा हुन्न । लिच्छबीकालीन, मल्लकालीन, शाहकालीनवा राणाकालीन दरबारसँग जोडिएका अनेक सभ्यता र संस्कृतिलाई हामी आदर्श मान्छौं । त्यस्तै बन्ने प्रयास गर्छौं । तिनीहरुबाट प्रेरणा लिन्छौं तर त्यसबेला दुःख पाएका दुःखी, गरीब र निर्धाहरुको संघर्षपूर्ण जीवनकथाका बारेमा सोच्दैनौं ।राणा प्रधानमन्त्री देवसमसेरले सन् १९५८ वैशाखमा जारी गरेको सनदमा ‘दरबारभित्रका स्वास्नी मानिसहरुको विषय नछाप्नु’ त्यसै भनेको होइन ।

बाडेन पावेल
नित्सेको इतिहासको तेस्रो वर्ग हो, समालोचनात्मक इतिहास, जसले गुण र दोषका आधारमा इतिहासको चर्चा हुनुपर्छ भन्ने मान्यता राख्छ । अहिलेको ‘ब्ल्याक लाइफ म्याटर’ त्यही समालोचनात्मक इतिहासको पटाक्षेप हो । इतिहास माथिको गम्भीर समीक्षा हो । हरेक मानिसले मानिस हुनुको गर्व अनुभूति गर्न नसक्ने इतिहासको तिरस्कार र इतिहासको पुनर्लेखन गरिनु पर्ने अभियानको प्रारम्भ हो ।

पञ्चायतकालमा राजाहरु पृथ्वी, त्रिभुवन, महेन्द्र र वीरेन्द्रमा नाममा देशका अधिकांश स्मारक, संघसंस्था, बाटोघाटो आदि थिए । बहुदलीय व्यवस्था आएपछि त्यो राजपरम्परा नेताहरुमा आयो । अर्थात् बीपी, गिरिजा, पुष्पलाल, मनमोहन, मदन भण्डारी आदिका नाममा स्मारकहरुको नामाकरण वा पुनर्नामाकरण सुरु भयो । बहुदलीय व्यवस्थाको तीन दशक यिनीहरुकै नामले शिक्षण संस्था, अस्पताल, बाटोघाटो, पुलपुलेसा, चोक, फलैंचा ओगटेका छन् ।

हाम्रा आगामी पुस्ताहरुले फर्केर हेर्दा त्यहाँ आफ्नोपन नदेख्न पनि सक्छन् किनभने ती नामहरुले देशको सबै समुदाय र वर्गको प्रतिनिधित्व गर्दैनन् । जब हाम्रा सन्ततिहरुले सामन्तवादको पुस्तान्तरणको विरुद्धमा विद्रोह गरेर “आवर लाइफ म्याटर” भन्ने छन्, त्यसबेला फेरि आज महामानव ठानिएका मानिसका स्मारकहरुमा आक्रमण हुनेछ ।

तिनलाई त्यसैगरी अपमानपूर्वक व्यवहार गरिनेछ । जसरी वर्तमान हामी सबैको हो, वर्तमानमा हाम्रो वराबरी अधिकार छ, त्यसैगरी हाम्रो इतिहासमा पनि आ–आफ्नो योगदना अनुसार पहुँच र हिस्सा हुनुपर्छ । कसैको देवत्वकरण र दानवीकरणलाई कदापि स्वीकार्य हुने छैन ।

अन्त्यमा एउटा कटुसत्य भनेरै लेख बिट मारौं—

शक्तिमा भएको आडमा हिजो र आज शासकहरुले जति अलोकप्रिय भए पनि आफ्नो नाममा बाटोघाटो, विश्वविद्यालय, विमानस्थल, संघसंस्था, स्मारक आदि खडा गरेका छन् । तर, इतिहासको हरेक कालखण्डले तिनीहरुको भूमिकाको निर्मम समीक्षा गर्नेछ । त्यसमा खरो उत्रन नसक्ने हरेक सालिकले अपमान सहने छ ।तिनीहरुको नामोनिसान मेटिनेछ । उनीहरुको टुटेफुटेका सालिकहरु संग्रहालयको एउटा कुनामा अपमानित भएर थन्किनेछन् । हरेक तप्का र तहका मानिसहरुको जीवन महत्वपूर्ण छ । अनलाईन खवर बाट