Swornakshar Logo

आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गर्नेमाथि पानीको फोहरा

काठमाडौं । २७ जेठ । कोरोना भाइरस (कोभिड(१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

मंगलबार विहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतलेआरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका थिए ।

कोरोना माहामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेरेको भन्दै प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले सरकारको प्राथमिकता कार्पेट कि पीसीआर लेखेको पप्पलेट बोकेका छन् ।