Swornakshar Logo

कोरोनाको हाउगुजी देखाएर डब्लूएचओले लकडाउनको व्यापार गरेको

मुलुकको अर्डाथतन्त्र र आमनागरिकको दैनिकीमा परेको कठिनाइलाई ध्यानमा राखी लकडाउन जस्तो आत्मघाती र आतंक श्रीजना गर्ने अस्त्रको अन्त्य गर्न जरुरी छ |
लेखक -:

काठमाडौं, ११ जेठ । देशका नागरिकलाई घरभित्रै थुनेर, विभिन्न डरत्रास देखाएर मानिसका सम्पूर्ण बाँच्ने अधिकार खोसेर, पूर्ण रूपले निरीह बनाई जे भन्यो, त्यही गराउँदै अर्कोतिर लकडाउनका कारण मात्र सबैको ज्यान बचेको भनेर जबर्जस्ती देखाउन खोजिएको कुरा जताततै छताछुल्ल भइसकेको छ । लकडाउनले मानिसलाई मानसिक, शारीरिक, भौतिक र आर्थिक रूपमा ठूलो क्षति पुर्‍याउने भएकाले सम्पूर्ण लकडाउन गरिएका राष्ट्रहरूले लकडाउन फुकुवा गर्दै जनजीवनलाई सामान्यीकरण गरिसकेका छन् ।

अमेरिका, जर्मनी, बेलायत, ब्राजिललगायत विश्वका कैयौँ लकडाउन गरिएका राष्ट्रहरूमा कोरोनाको नाममा जबर्जस्ती लादिएको लकडाउनलगायत मास्क, क्वारेन्टाइन, स्यानिटाइजर, डायग्नोस्टिक किट्स र भ्याक्सिनका विरुद्ध हजारौँको सङ्ख्यामा नागरिकले सडकमा विरोध प्रदर्शन गरेका छन् ।

वास्तवमा यतिखेर रुघाखोकीको मौसम भएकाले डायग्नोसिस गर्दा रुघाखोकीका भाइरसहरू फेला पर्नु स्वाभाविकै हो । तर, जबर्जस्ती डायग्नोसिस गराएर बिरामी घोषणा गराउने कार्य अमानवीय हो । यस कारण लकडाउन गर्दै औषधि, उपकरण प्रयोग गरेर नागरिकको उपचार र सुरक्षाभन्दा पनि मृत्युवरण गराउने खेलले ‘रक्षक नै भक्षक’ रहेको प्रस्ट हुन्छ ।

विश्व स्वास्थ्य संगठनले जापानलाई धम्क्याउँदै लकडाउन नगरे तिम्रो देशका सम्पूर्ण मानिस मर्छन् भनी आतङ्कित पारी डर देखाउँदा पनि सतर्कताका साथ लकडाउन नै नगरीकन कोरोनाविरुद्धको लडाइँमा १२ करोड जनसङ्ख्या भएको राष्ट्र जापानले लकडाउन भएका राष्ट्रभन्दा धेरै ठूलो सफलता प्राप्त गरेको छ ।

अहिलेसम्म ७६८ जनाको मात्र मृत्यु हुनुले पनि जापानले पाएको उपलब्धि प्रमाणित गर्दछ । यसै सन्दर्भमा जापानले विश्व स्वास्थ्य संगठनलाई ठूलो हत्यारा संगठनको संज्ञा दिएको थियो । सबैभन्दा कडा लकडाउन गरेको राष्ट्र इटाली, जसको जनसङ्ख्या जापानको भन्दा आधाजति ९करिब ६ करोड० मात्र छ तर, मृतक सङ्ख्या ३२,१६९ पुगिसकेको छ । लकडाउन नगरेका जापानलगायतका २२ राष्ट्रहरूको जनसङ्ख्या करिब ३० करोड जति छ र मृतकसङ्ख्या ५२११ मात्र ।

लकडाउन गरेका राष्ट्रहरूमा मर्नेको सङ्ख्या लकडाउन नगरेकोभन्दा करिब ४०–९० गुणा बढी छ । यसले के सङ्केत गर्छ रु

अहिलेसम्म कोरोनाबाट सङ्क्रमित ५० लाख मध्ये करिब २० लाख मानिसहरू विनाऔषधि निको भएर घर फर्किसकेका छन् । कोरोना लागेर यसरी मानिसलाई आतङ्कित पार्दा पनि २० लाख मानिस आफैँ निको भइसकेको देख्दादेख्दै फेरि किन कोरोनाको नाममा यत्रो आतङ्क रु

कोरोना विश्वको सबैभन्दा खतरनाक भाइरस रहेछ, जसको आक्रमण भएपछि मानिस विनाऔषधि निको भइहाल्ने तर राज्यले आतङ्क मच्चाएर जसलाई जहाँ भेट्यो, त्यहीँ मारिहाल्ने, काम गरेर खान नदिने र जबर्जस्ती भिखारी बनाएर राहत वितरण गर्ने, देशको सम्पत्ति एवं विभिन्न दाताहरूबाट लिएको ऋणमाथि समेत ब्रह्मलुट गर्ने, देशका नागरिकको उद्धार गर्नुको सट्टा मुस्किलले ज्यान बचाई स्वदेश भित्रिइसकेकालाई दुश्मनलाई जस्तो लखेटेर सीमापारि नै मर्ने अवस्थामा पुर्‍याउने, आफ्ना घरपरिवारका सदस्य मर्दा किरियाकर्मसमेत सीमापारि नै बाध्य भएर अलपत्र अवस्थामा गरिरहेकोजस्ता हृदयविदारक दृश्यले भावविह्वल बनाएको छ ।

स्वदेश फर्किन नदिएर जसरी पनि नागरिकलाई मार्ने कार्य भएको छ । यस्तो डरत्रासले गर्दा डाक्टर, नर्स र मन्त्रीसमेतले आत्महत्या गरेका छन् । कतै केही गर्न नदिएर सम्पूर्ण बाँच्ने अधिकारबाट वञ्चित गराई, आतङ्कित गरी निरीह बनाएर यी दानवहरूका अगाडि गिडगिडाउने बनाइएको छ । 

घरभित्र आत्महत्या गर्न बाध्य बनाइरहेको छ । लककडाउनजस्तो आतङ्कित गर्ने क्रियाकलापको विरुद्धमा लड्नुको साटो देशका प्रतिपक्षीलगायत सम्पूर्ण दल, बुद्धिजीवीहरू, सामाजिक अभियन्ताहरू र देशभक्त जनप्रेमी नेताहरू पनि लकडाउनको सर्मथनमा छन् । देशका नागरिकहरूलाई बन्धक बनाई घाँटी च्यापेर मार्न रहेको लकडाउनको सर्मथनमा छन् ।

कोरोनाको नाममा जबर्जस्ती लकडाउन गराउने दुष्प्रयासमा साथ दिनु एक दुर्भाग्य हो । सधैँजस्तै राष्ट्रियताको नाममा दशकौँदेखि सबैले अनुमोदन गरिराख्ने उही पुरानो कार्ड लिपुलेक कालापानी, अहिले नै मौका मिलेझैँ लागेका छन् । राजनीतिक दाउपेचभन्दा देशका जनताको वास्तविक जीवनयापनमा परेको अवस्था र परिस्थितिलाई ध्यानमा राखी लकडाउनजस्तो आत्मघाती आतङ्क सिर्जना गर्ने अस्त्रको अन्त्य गर्न जरुरी छ ।

त्यसैले जनताका बाँच्ने अधिकार छिनेर, नागरिकहरूलाई सास फेर्नसमेत नदिएर, जो जहाँ छ, त्यहीँ मर्न बाध्य बनाउने, आतङ्कित गर्ने परियोजनाको नाम नै कोभिड–१९ रहेछ ।

कोभिड–१९ र एचआईभीरएड्सबीच समानता

कोभिड–१९ लाई एचआईभीरएड्सको जस्तै योजनामा फिट गरेर संसारबाट तिरस्कृत भइरहेको आधुनिक औषधविज्ञानले आफ्नो छविलाई पुनः स्थापित गराउन कोरोनालाई एचआईभीरएड्सको दर्जामा प्लान्ट गर्न खोजिएको छ । जस्तै स् 

मानव जीवनसँग अन्तहीन एचआईभीरएड्सका लागि चाहिने आधुनिक औषधि र उपकरणको जस्तै दास बनाई अर्को शताब्दीसम्मका लागि कोभिड–१९ को नाममा मानवजीवनको स्वास्थ्यमा खेलवाड सुरू भएको छ ।

एड्सका लागि प्रयोग गरिने औषधि, भ्याक्सिन अनि डरत्रास र अमानवीय व्यवहारका कारणले मात्र एड्सका बिरामीको मृत्यु हुने कुरा व्यापक रूपमा प्रमाणित भइसकेको छ तर पनि औषधि, उपकरणको बिक्री–वितरण यथावत नै छ ।

१०–११ वर्षअगाडि स्वाइन फ्लूको नाममा पनि यस्तै आतङ्क मच्चाउने प्रयास भएको थियो । बेलायतले पनि समस्याको प्रमुख कारण डायग्नोस्टिक किट भएकाले यसलाई हटाउनुपर्छ भनेको थियो भने १०–१५ वर्षअगाडि युरोपको संस्था PACE (Parliamentary Assembly Council Of Europe)  ले विश्व स्वास्थ्य संगठनलाई ठूलो लुटेराको आरोप लगाई कडा रूपमा विरोधमा उत्रिएको थियो ।

बुरुण्डी र तान्जानियाले हालसालै विश्व स्वास्थ्य संगठन डब्लूएचओ भनेको सबैभन्दा ठूलो जालसाजी गर्ने संस्था हो भन्दै गम्भीर आरोप लगाएको छ । डायग्नोस्टिक किटका बारेमा समस्याको प्रमुख कारण भनेको नै यो किट भएको भन्दै तान्जानिया व्यापक विरोधमा उत्रिएको छ भने बुरुण्डीका राष्ट्रपतिले त डब्लूएचओका प्रतिनिधिहरूलाई देशबाटै लखेटेका छन् । 

वर्तमानमा, कोभिड–१९ का कारण मृत्यु भएका सङ्ख्याका विषयमा रातदिन चर्चा भएकाले अन्य रोगबाट मृत्यु हुने सङ्ख्याका बारेमा पनि चर्चा हुनुपर्ने देखिन्छ |

१। सरुवा रोगबाहेक अन्य रोगबाट विगत ५ महिना कोरोना अवधिमा मृत्यु हुनेको सङ्ख्या छ|

मुटु रोग–६६,६६,११२

क्यान्सर रोग–२९,६२,४९३

श्वासप्रश्वास रोग–१५,७६,४८१

प्रसवकालीन–१२,४२,५७९ 

पाचनको गडबडी–७,९८,२४१

मानसिक रोग–४,९२,६३१

मधुमेह–४,४४,२९६

बाल मृत्यु–३,३१,१९५

२। सरुवा रोगबाट विगत ५ महिनामा कोरोना अवधि मृत्यु हुने सङ्ख्या छ |

हैजा– ८,४५,६६०  

एड्स– ७,९६,८९८

क्षयरोग– ५,७२,०३१

मलेरिया– ३,४७,४२५

कोभिड १९– ३,३०,३०४ 

३। अन्य कारणबाट विगत ५ महिना कोरोना अवधिमा मृत्यु हुनेको सङ्ख्या छ |

सडक दुर्घटनामा–४,९७,६१८

अन्य दुर्घटनामा– ४,५४,२८०

आत्महत्याबाट– ३,२९,९५८ 

४। तुलनात्मक रूपमा सरुवा रोगको मृत्युदर यस प्रकार छ छ |

रेबिज– ९० प्रतिशत

एड्स– ८०–९० प्रतिशत

इबोला– ८७ प्रतिशत

बिफर– ६५ प्रतिशत

प्लेग– ५२ प्रतिशत

टिटानस– ५० प्रतिशत

हैजा– ५० प्रतिशत

क्षयरोग– ४३ प्रतिशत

ठेउला– ३० प्रतिशत

आँतजरो– १५ प्रतिशत

सार्स– १२ प्रतिशत

स्पेनिस फ्लू– १० प्रतिशत

जाइका भाइरस– ८ प्रतिशत

कमलपित्त– ७।५ प्रतिशत

भ्यागुते रोग– ७।५ प्रतिशत

दादुरा– २।५ प्रतिशत

स्वाइन फ्लू– २।१ प्रतिशत

कोभिड १९– ०।१ प्रतिशत

प्रस्तुत विवरणअनुसार सबैभन्दा कम घातक र मृत्युदर कम रहेको कोभिड–१९ के कति कारणले सबैभन्दा खतरनाक भयो सो विवेक प्रयोग गरौँ ।

५। उदाहरणका लागि अझै प्रस्ट पार्न सदियौँदेखि मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको क्षयरोग कोरोनाभन्दा धेरै गुणा बढी खतरनाक भएको तथ्यले प्रमाणित गर्दछ स्

 क्षयरोगले १४ जनालाई सङ्क्रमण गर्न सक्छ भने कोरोनाले २ जनालाई मात्र 
क्षयरोगलाई ठीक हुन ६ महिनादेखि २ वर्षसम्म खतरनाक औषधि र सुई लगाई उपचार गर्नुपर्छ भने कोरोनाबाट सङ्क्रमित ३–४ दिनमा विनाऔषधि आफैँ ठीक भइहाल्छ ।
क्षयरोगबाट १ वर्षमा १५ लाखभन्दा बढी मानिस मर्दछन् भने कोरोनालगायत सम्पूर्ण रुघाखोकीका भाइरस मिलेर पनि जम्मा २ लाख ९० हजारदेखि ६ लाख ५० हजार मानिसको मृत्यु सम्भव हुन्छ ।
क्षयरोग कोरोनाभन्दा २५–५० गुणा बढी खतरनाक छ ।
क्षयरोगको मृत्युदर ४३ प्रतिशत छ भने कोरोनाको मात्र ।१ प्रतिशत छ ।
क्षयरोगले १६ देखि ३० वर्षसम्मका राष्ट्रलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण युवाशक्तिलाई आक्रमण गर्दछ भने कोरोनाले उमेरले डाँडा काटिसकेका रिटायर्ड मानिसहरू, जो अनेकौँ रोगबाट ग्रसित भएका र मृत्युको मुखतिर धकेलिँदै गएकालाई मात्र आक्रमण गर्दछ ।
मास्क, क्वारेन्टाइन, स्यानिटाइजर, भ्याक्सिन, डायग्नोस्टिक किट र प्रोटेक्टिभ ड्रेसको प्रयोग एवं कोराना रोकथामको अर्को भ्रम

हाम्रो शरीरमा रहेका विकाररटक्सीनहरूलाई निकास २०–३० प्रतिशत दिसा, पिसाब, सिँगान, र्‍याल, कचेरा, गाज्यारा र पसिनाबाट हुन्छ तर श्वासप्रश्वासमार्फत भने अति प्रभावकारी ढङ्गले कार्बोनडाइक्साइडको माध्यमबाट शरीरमा रहेको विकारको करिब ७०–८० प्रतिशत बाहिर निकास हुने गर्दछ । त्यसैले पनि मूलतः श्वासप्रश्वासलाई नै मध्यनजर गरी योग, प्राणायाम र ध्यानको प्रयोग गरिन्छ । आज विश्वमा स्वास्थ्यका लागि योग एक अभिन्न माध्यम भएको छ । मास्कको नियमित प्रयोगले शरीरबाट निष्कासित विकार मास्कमा गएर टाँसिदा भाइरसका लागि उपयुक्त बासस्थान हुँदो रहेछ । अर्कोतिर नाकबाट सास फेर्दा निस्कने फोहोर सास, हाछ्युँ गर्दा र खोक्दा निस्किने फोहोर मास्कमै टाँसिइराख्ने र सास लिँदा भइसकेको दिसापिसाबलाई पुनः लिएजस्तै गरी यो फोहोर फेरि भित्र जाने गर्दछ, जुन स्वास्थ्यका लागि अति नै हानिकारक छ ।
मास्क लगाउँदा शरीरलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा प्राणशक्ति अक्सिजन शरीरमा जानबाट रोकिने हुँदा अक्सिजनको कमी भई मानिसहरूलाई धेरै ठूलो नोक्सानी हुन्छ ।  
ब्रिटिस मेडिकल जर्नल ल्यानसेटमा हालसालै प्रकाशित रिपोर्टअनुसार कोरोना भाइरस यस किसिमको सर्जिकल एवं सामान्य मास्कमा ७ दिन जति सजिलै बाँच्न सक्दछ भने जुन भाइरस कपर सतहमा ४ घण्टा, कार्डबोर्डमा २४ घण्टा र प्लास्टिकमा ४ दिनसम्म बाँच्न सक्दो रहेछ । अहिले यो माहामारीका बेला विश्वमा सर्जिकल र एन९५ रेसपाइरेटरी मास्कहरूको अत्यधिक प्रयोगले बजारमा यसको चरम अभाव छ । यी र यस्ता खालका मास्कहरूको नियमित प्रयोग गर्नु र गराउनु भनेको कोभिड–१९ सँगको लडाइँ मात्र नभई सम्पूर्ण रूपमा आफ्नो स्वास्थ्यलाई पनि जोखिममा राख्नु हो । मास्कमा लामो समयसम्म कोरोना रहने भएकाले रोग धेरै फैलाउने सम्भावना हुन्छ । 
आजभन्दा ३०–४० वर्षअगाडि मास्कलगायत कुनै पनि प्रोटेक्टिभ ड्रेस लगाएर स्वास्थ्यकर्मीहरू बिरामीहरूको अगाडि जान पाउँदैन थिए । किनभने, यस्तो प्रयोगले भाइरसको आक्रमण बढाउने र बिरामीहरूलाई मानसिक रूपमा धेरै नै कमजोर बनाउने कारणले डाक्टर, नर्सले पनि बिरामीहरूलाई भेट्न जाँदा यस्ता मास्कलगायत अन्य कुनै पनि प्रोटेक्टिभ ड्रेस लगाएर बिरामीहरूको अगाडि जान पाउँदैनथे । क्षयरोग कोरोनाभन्दा धेरै गुणा खतरनाक भए तापनि क्षयरोगका बिरामीहरूलाई भेट्न जाँदा कसैले पनि यस्ता खालका मानिसको स्वास्थ्यमा सोझै नराम्रो आघात पर्ने मास्कलगायत अन्य प्रोटेक्टिभ ड्रेस लगाएर जाँदैनन्, न त यसमा विशेष सामाजिक दूरी नै लागू गर्छन् । डाक्टरहरू बिरामीसँगै गएर बस्ने गर्दछन् । यस किसिमका मानवीय व्यवहारले बिरामीको मानसिकतामा झनै सकारात्मक प्रभाव परी रोगबाट मुक्त हुन धेरै ठूलो मद्दत पुग्दछ । 
क्वारेन्टाइनमा मानिसलाई राख्ने काम जबर्जस्ती मानसिक रूपले बिरामी बनाउन खोज्ने चाल हो । शरीरलाई ऊर्जा प्रदान गरेर बलियो बनाउने चिज सूर्यको प्रकाश र शुद्ध हावाबाट वञ्चित गराउँदै भित्रभित्रै मानसिक रूपबाट गलाउँदै मृत्युको मुखतिर धकेल्ने काम क्वारेन्टाइनले गर्दछ ।
 स्यानिटाइजरले हाम्रो शरीरमा भएको रोग तथा भाइरस मार्ने डेण्ड्रिक सेललाई मारेर भाइरसलाई आक्रमण गर्न सजिलो बनाउँदै लग्छ ।
 पर्सनल प्रोटेक्टिभ ड्रेस, मास्क र पञ्जा लगाएको भयानक दृश्यले मानिसहरूलाई त्रसित गराउनेबाहेक अरू केही काम गर्दैन, बरु उल्टै त्यो ड्रेस लगाउने मानिसलाई धेरै नोक्सान गर्दछ ।
विश्वको कोरोना मृतकको सङ्ख्या र अमेरिकाको सङ्ख्या दाँजेर हेर्दा विश्वभरि ३ लाख २५ हजार मृतकमध्ये ९३ हजारभन्दा बढी अमेरिकी नागरिक मात्र छन् ।

यसबाट पुष्टि हुन्छ कि, आधुनिक औषधविज्ञानको प्रयोग जहाँ धेरै छ, त्यहीँ मानिसहरूको मृत्यु अत्यधिक मात्रामा छ, जुन तुलना गर्न पनि मिल्दैन । जबकि, अमेरिकाको जनसङ्ख्या करिब ३३ करोड मात्र छ तर विश्वकै सबैभन्दा बढी गरीबहरू भएको देश भारत, जहाँ कुनै त्यस्तो मेडिकल सुविधा छैन, जसको जनसङ्ख्या नै झण्डै १३८ करोड छ भने कोभिड–१९–अन्तर्गत मृतकको सङ्ख्या जम्मा ३–४ हजारमात्र छ ।

अब यो तथ्यलाई आधार मान्दा आधुनिक औषधविज्ञानको प्रयोगले मानिसको ज्यान गइरहेको पूर्ण सिद्ध भइसक्यो । अमेरिकासँगसँगै विश्वका अरू  सबैभन्दा विकसित र आधुनिक औषधविज्ञानको प्रचुर मात्रामा प्रयोग हुने देशहरू इटाली, फ्रान्स, जर्मनी, बेलायत र स्पेनमा मात्रै २ लाख २५ हजार मानिसको मृत्यु भइसकेको छ ।

कुनै पनि भ्याक्सिनको अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने र मानिसलाई मृत्युको मुखतिर धकेल्ने कुरा आजसम्म भइरहेको भ्याक्सिन प्रयोगले घामजस्तै छर्लङ्ग पारिरहेको छ ।

भ्याक्सिनको प्रयोग हुँदा पनि आजसम्म एड्स, टीबी, डेङ्गुलगायत अन्य सङ्क्रमित रोगबाट मुक्त हुनसकेको छैन । बरु यस्ता सरुवा रोगबाट मर्ने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । उल्टै झन् नयाँ नयाँ रोग देखाउँदै औषधिको व्यापार रात–दिन बढेको बढ्यै छ ।

मानिसको स्वास्थ्य दिनानुदिन नाजुक बन्दै गइरहेको छ । अहिलकोे तथ्याङ्कले देखाइरहेको छ कि, भ्याक्सिन र औषधिको बढी प्रयोग गर्ने राष्ट्रहरूमा सबैभन्दा बढी मानिसको मृत्यु भइरहेको छ । चारैतिरबाट मानिसलाई मृत्युको मुखतिर धकेल्ने कुरा प्रमाणित भइसक्दा पनि भ्याक्सिनलगायत औषधि, उपकरणको प्रयोग र व्यापार अनवरत रूपमा चलिरहेको छ ।

पैसा कमाउने धन्दा चलिरहेकै छ । मानिसको पैसा त गयो गयो, तड्पिई तड्पिई ज्यान पनि गइरहेको छ । यसरी औषधि, भ्याक्सिन र उपकरणको प्रयोगले मानिसको स्वास्थ्यमा धेरै ठूलो घात गर्दै मृत्युको मुखमा धकेल्छ भन्ने कुरा प्रायः डाक्टरहरूलाई थाहा छ र आधुनिक औषधविज्ञानले मान्छेको स्वास्थ्य बिगार्ने खेलका कारण उनीहरूसमेत वैकल्पिक उपायतिर अघि बढ्दैछन्, जसको ज्वलन्त उदाहरण विश्वचर्चित डा। मदन कटारिया, जो आफ्नो पेसा नै छोडी रोगको निदान त हाँसोमा रहेछ भनेर हास्ययोगको सूत्र बनाई विश्वव्यापीकरण गर्दै लाखौँ मानिसलाई उपचार गर्दै निरोगी बनाउँदै अभियान चलाइरहेका छन्, जसका कारण नोवेल पुरस्कारका लागि समेत उनको सिफारिस भएको छ ।

अन्त्यमा, पैसा कमाउन सम्पूर्ण मानवलाई सदा आफ्नो बल्छीमा अड्काइराखेर आफ्नो निगाहमा बाँच्न बाध्य बनाएर विश्वमाथि नै राज गर्ने फरमास्युटिकल कम्पनी र तिनीहरूको एकल एजेण्ट डब्लूएचओ तथा तिनीहरूकै अंशियारहरूको सम्पूर्ण मानवविनाशकारी महाभाइरसहरूको खेललाई अब संसारबाट सदाका लागि समाप्त गर्नुपर्ने देखिन्छ ।

मानिसहरूको स्वास्थ्यलाई सदैव तन्दुरुस्त राख्ने घरेलु तथा पारम्परिक उपचार पद्धतिहरूमाथि विभिन्न जालझेल र आपराधिक क्रियाकलाप गरेर जबर्जस्ती विस्थापित गर्ने उद्देश्यले आधुनिक औषधविज्ञानको साम्राज्य खडा गरी २–३ शताब्दीदेखि अनवरत रूपमा खेल्दै आएको खेल अब सदाका लागि व्यवस्थापन गरिनुपर्दछ । 

अहिले विश्वमा आधुनिक औषधि विज्ञानमाथिको विश्वास हराउँदै गएको छ । पूर्वीय दर्शनअन्तर्गत आयुर्वेद एवं प्राकृतिक चिकित्सा, आसनयोग, ध्यान, प्राणायाम र आफ्नो स्थानीय घरेलु तथा परम्परागत उपचारको वैकल्पिक पद्धतिमा विश्वसमुदायको ध्यान केन्द्रित भइरहेको छ । यस्तो अवस्थामा आधुनिक औषधविज्ञानका उपलब्धिहरूलाई संरक्षण गर्दै एकीकृत उपचारपद्धतिको निर्माण गरेर मानवको साँच्चिकै उपचार गर्न सक्ने एक भरपर्दो माध्यम र प्रविधिको विकास गर्नु आजको टड्कारो आवश्यकता भएको छ । शिलापत्र बाट