Swornakshar Logo

लिपुलेकको सडकबारे चीनसँग पनि कुराकानी गरेका छौं प्रधानमन्त्री ओली

काठमाडौं । ६ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेक लिम्पियाधुरामा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे चीनसँग पनि कुराकानी भएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरूको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि एक सांसदले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भारतलाई जस्तै चीनलाई कूटनीतिक नोट पठाएको वा नपठाएको प्रस्न सोधेका थिए ।

प्रधानमन्त्रीको जवाफ जस्ताको तस्तै

हाम्रो सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गर्नुभएको छ । चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत हिसाबले एउटा परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको हो । यसले सीमासम्बन्धी प्रश्नमा, त्रिदेशीयबिन्दुमा कुनै असर गर्दैन । यस कुरामा भारतले नेपालसँग पनि कुरा गर्नुपर्छ । यो सीमासँग सम्बन्धित छैन भन्ने चीनले स्पष्ट पारेको छ । हामीलाई बताएअनुसार भारतलाई पनि स्पष्ट पारेको छ। त्यसकारण यसम्बन्धमा हामीले सबैतिर पत्राचार गरेका छौं कुरा गरेका छौं ।