Swornakshar Logo

नयाँ नक्सा कुनै तमासा होइन, नेपाली भूमि फिर्ता ल्याइछाड्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । ६ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय तमासाका लागि नगरेको बताएका छन् । यो नेपालको भू मि भएको र फिर्ता ल्याइछाड्ने उनले बताएका छन् ।

सरकारले नीति तथा कार्यक्रममा नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसअनुसार सोमबार मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पारित समेत गरेको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए । यसको निष्कर्ष निकालिन्छ । हाम्रो भू(भाग फिर्ता लिइछाड्छौं’ उनले भनेका छन् ।

विवादास्पद भनिए पनि यो नेपाली भूमि भएको र त्यहाँ नेपालले अर्घेल्याइँ पनि नगरेको उनले बताए ।

ओलीले कूटनीतिक सम्वादबाट नेपाली भूमि फिर्ता लिने अठोटका साथ नै सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय लिएको बताए । उनले अघि भने, यो कुनै चलाखीको हिसाब वा तथाकथित राष्ट्रवाद देखाउन गरिएको होइन । कुनै तमासा गरिएको होइन, यथार्थमा फिर्ता लिन गरिएको हो । हाम्रो भूमि हो । हामी फिर्ता लिन्छौं ।’

नयाँ नक्सा जारी गर्ने निर्णयसँगै संविधानको अनुसूची(३ )प्रतीक चिह्न० संशोधन गर्नुपर्ने उनले बताए । त्यसका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने उनले बताए ।
अरू विषय हुन सक्छ । त्यसबारे भोलि फेरि छलफल गर्न सक्छौं । तर, सबैभन्दा बढी तत्कालीन महत्वको विषय वार्ता, नक्सा र भूमिफिर्तासँग सम्बन्धित छ । उनले संविधान संशोधन प्रस्ताव पारित हुने बिश्वास पनि गरेका छन् ।’