Swornakshar Logo

थप १७ जनामा कोरोना पुष्टि, आजै मात्र पुगे ७४ जना

काठमाडौं । ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

यसअघि आजै दिउँसो काठमाडौं उपत्यकाबाहिरका ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ ।

हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक थपिएका १७ जना कुन(कुन जिल्लाका हुन् भन्ने जानकारी आइसकेको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सबै जानकारी आएपछि केहीबेरमा पूर्ण विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

अहिलेसम्म निको भएर घर फर्किनेको संख्या भने ३३ जना छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।