Swornakshar Logo

सोमबार पुनः १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ३४

काठमाडौं । २९ वैशाख । सोमबार १३ जनामा कोरोना भाइरस सक्रमणको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तमा ६, रूपन्देहीमा ६ र बर्दियामा १ जना गरी १३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार बिहान १० र दिउँसो १ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको थियो । अहिले पुनः १३ जना थपिएपछि देशभर संक्रमितको संख्या १ सय ३४ पुगेको छ।

थप संक्रमितमा कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषहरू, रूपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषहरू तथा बर्दिया राजापुर ५ की ११ वर्षीया बालिका छन् ।