Swornakshar Logo

कोरोना भाइरसः इन्डोनेसियामा हिन्दु परम्पराको तारिफ

इली अर्ल्स
काठमाडौं । २६ वैशाख । बालीमा २५ मार्च दिउँसोको कुरा हो । लामो समयपछि म आफैँलाई सुनिरहेको थिएँ । स्कुटरको आवाज आइरहेको थिएन । ठेला दोकानेहरू सामान बेच्न कराएका थिएनन् । यहाँसम्म कि, माथि उड्ने विमानहरूको आवाज पनि आएको थिएन ।

त्यसको ठाउँमा मैले ड्रागनफ्लाईको भनभनाहट सुनेँ । भ्यागुतो उफ्रिँदै गरेको देखेँ । म चुपचाप बसेर नयाँ वर्षको दिन ‘न्येपी’ परम्परामा हराउने कोसिस गरिरहेकी थिएँ ।

बालीमा यसलाई ‘मौन दिवस’ का रूपमा लिइन्छ । २४ घण्टाका लागि मानिसहरू आफ्नो घरमा बस्छन् । यो बेला उनीहरू गएको वर्षको समीक्षा गर्दै आगामी समयका लागि आफूलाई तयार गर्छन् ।कोरोनाआमरूपमा बालीमा नयाँ वर्षको पहिलो दिन ‘तुफानपछिको शान्ति’ जस्तै हुन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा बालीमा ठूलै उत्सव हुन्छ ।

दानवको विशाल पुतला
हिनाको सुरूबाटै मानिसहरू बाँस र कागजको कपडाबाट राक्षसको विशाल पुतला बनाउन थाल्छन् । त्यसलाई ओगो–ओगो भनिन्छ ।

नयाँ वर्षभन्दा १ दिनअघि भव्य समारोहमा गेमेलन ब्याण्डसँग उक्त पुतलालाई परेड गराइन्छ ।

बालीका मानिस पेनग्रुपन (न्येपीभन्दा १ दिनअघिको उत्सव) सेलिब्रेट गर्छन्, जसमा नरिवलको सुकेको पातलाई जलाएर बण्डललाई मन्दिर र भवनहरूका खम्बामा रगेटिन्छ । त्यस क्रममा फुटेका बाँसका डण्डा पड्काउनुलाई राक्षस भगाएको भनिन्छ ।

समयसँगै नयाँ वर्षको पूर्वसन्ध्याको यो समारोह ठूलो सार्वजनिक उत्सव बनेको छ ।

घरघरमा बाँसको मसाल जलाइन्छ । यसो गर्दा घर र शहर दानवबाट मुक्त हुने आमविश्वास छ ।

बालीको नयाँ वर्ष शक संवत् पञ्चाङ्गबाट तय हुन्छ, जुन चन्द्रमाको गतिमा आधारित छ । शक राजवंशको स्थापना इस्वी संवत् ७८ मा भारतीय राजा कणिष्कले गरेका थिए । हिन्दु धर्म प्रचारक यसलाई लिएर जावा पुगेका थिए र त्यहाँबाट बाली पुगे ।

९० प्रतिशत मुस्लिम जनसंख्या भएको देश इन्डोनेसियामा बाली एक मात्र द्विप हो, जहाँ हिन्दु बहुसंख्यक छन् ।

पूजा, प्रसाद र बलि न्येपीको उत्सव ३ दिनअघिदेखि नै सुरू हुन्छ । सेलिब्रेसनमा देवताहरूका पवित्र मूर्तिहरूलाई मन्दिरबाट निकालेर नजिकै समुन्द्र तट, झील, नदी वा झर्नासम्म लगिन्छ ।

मूर्तिको शारीरिक, आध्यात्मिक अशुद्धिलाई साफ गरिन्छ । त्यसपछि मानिसहरू पूजा गर्न थाल्छन् । २ दिनपछि अर्थात् न्येपीको अघिल्लो दिन दिउँसो तबुर–अगुंगमा जनावरको बलि दिइन्छ ।लॉकडाउनदानवलाई काँचो मासु, अण्डा र रक्सी चढाइन्छ र तीखो संगीत बजाइन्छ । यसअघि दानवको ध्यानाकर्षण गराउने र त्यसपछि उसलाई खुसी बनाएर फिर्ता पठाउने मान्यता रहेकाले यसो गरिन्छ ।

ग्यारेट काम ३० वर्षदेखि दक्षिण–पूर्व एसियामा बस्दै आएका छन् । गियनारको ‘पूरा सामुआन टिगा मन्दिर’मा त्यो एक मात्र गैर–बाली अनुष्ठान सहायक हो ।

उनी भन्छन्, ुमन्दिरमा हुने सबै समारोहअघि दानवलाई प्रसन्न पार्नका लागि बलि दिने गरिन्छ, ताकि उसको इच्छा पूरा हुन सकोस् र ऊ परोपकारी देवता बनोस् ।’

न्येपीभन्दा १ दिनअघि दिउँसो हरेक गाउँ, शहर र जिल्लामा पूरै वर्ष एकट्ठा हुने दानवका लागि भनेर भेटघाट तथा खानपिन गरिन्छ । प्रत्येक १० वर्ष र १०० वर्षमा द्विपका ठूला मन्दिरमा विशाल समारोह आयोजना हुन्छ । यही मौकामा १ दशक र १ शताब्दीमा जम्मा भएका सबै दानवलाई खुसी बनाएर उनीहरूलाई भगाइन्छ ।

यो वर्ष, यस्तो उत्सवलाई निकै खुम्च्याइयो । ग्यारेट भन्छन्, ‘स्थानीय समुदाय स्तरमा मात्र ओगो–ओगोको अनुमति दिइयो । कुनै परेड भएन ।’

केही युवा संगठनले यसको विरोध पनि गरे । किनकि, उनीहरूले कडा मेहनतसँगै तयारीमा हजारौँ डलर खर्च गरेका थिए । तर, धेरैलाई थाहा छ कि परेडमा प्रतिबन्ध किन लगाइयो ।

मौन बस्ने दिन
एउटा कुरा बदलिएन । एकातिर संसारभरका मानिस कोरोना भाइरसका कारण भएको लकडाउनलाई सिस्टमका लागि झट्का सम्झन्छन, यता बालीका मानिसमा यसको अभ्यास पहिलेदेखि नै छ ।ट्रैवेलहरेक वर्ष न्येपीको अवसरमा यो द्विप मौन हुन्छ । कसैलाई घरभन्दा बाहिर निस्कने अनुमति हुँदैन् । उनीहरूले आफ्नो समय घरभित्रै बिताउनुपर्ने हुन्छ । आगो, बिजुली बत्ती केही बालिँदैन । मतलब, कुनै काम हुँदैन, मनोरञ्जनसमेत हुँदैन ।

व्यवसाय बन्द गरिन्छ । यहाँसम्म कि, २४ घण्टाका लागि हवाई हड्डा समेत बन्द राखिन्छ ।

बालीका कतिपय मानिसले उपवास पनि राख्छन् । उनीहरूले आफ्नो फोन बन्द गरिदिन्छन् । धेरै जरुरी हुँदा मात्र खासखुस गर्छन्, नभए आपसमा कुराकानी गर्दैनन् । यहाँसम्म कि, कुकुर र कुखुरा पनि अरु बेलाभन्दा शान्त बस्छन् ।

कसैले यो नियम नतोडून् भनेर स्थानीय प्रहरीले सडक र समुन्द्र तटमा गस्ती गर्छ । बालीवासीको विश्वास छ कि कुनै दानव फर्केर आइहाल्यो भने त्यसले द्विपलाई निर्जन सम्झेर फर्किन्छ ।

बालीका मानिसले यो समयको उपयोगलाई गत वर्षको समीक्षा र भविष्यका योजना बनाउनका लागि पनि लिएका हुन्छन् ।

श्री दरविती बालीको एक गाउँमा पढे–बढेकी हिन्दु महिला हुन् । अहिले उनी स्कुल सेक्रेटरी र ग्रीन स्कुलकी बोर्ड मेम्बर हुन् ।

उनी भन्छिन्, ‘यो समयमा मौन ध्यान लगाउने सबैभन्दा राम्रो तरिका हो । मैले गत ४० वर्षदेखि न्येपी मनाइरहेकी छु । जति मेरो उमेर ढल्किँदै छ, यसको महत्त्व थप बुझ्दै गएकी छु ।’

चिन्तन र नयाँ लक्ष्य
१ दिनका लागि नै किन नहोस्, घरमा परिवारका साथ समय बिताउँदा खुसी मिल्छ । बितेको समयको चिन्तनले भविष्यमा हामीलाई अझै बढी उत्पादक बन्न सहयोग गर्छ । ग्यारेट कामका अनुसार अहिले न्येपीको महत्त्व अझै बढेको छ । किनकि, बालीका मानिस अरु बेला निकै ब्यस्त हुन्छन्, घरमा कमै बस्छन् ।

उनी भन्छन्, ‘न्येपीमा उनीहरूले पूरै दिन आफ्नो परिवारसँग समय बिताउने मौका पाउँछन् । ध्यान भड्काउन लागि न टीभी हुन्छ, न त इन्टरनेट नै ।’

बालीमा सामाजिक दूरीको नियम लागू छ । कोरोना भाइरसका कारण यो वर्ष न्येपीलाई १ दिनका लागि बढाइएको थियो । मौन दिवसको फाइदा पनि बढेको छ ।

ग्यारेट भन्छन्, ‘बुबाले आफ्ना सन्तानलाई संगीत र कला सिकाइरहेका छन् । मेरा छिमेकी स्वयम् युकुलेले ९नाइलनतार भएको गितार० बजाउन सिकिरहेका छन् ।’

साना पसल वा सडक किनारमा ठेला चलाउने आमा आफ्नी छोरीलाई घरको कामकाज सिकाइरहेका छन् ताकि, हात बाँड्न सकियोस् ।

प्रकृतिको सम्मान
न्येपीको असर पर्यावरणमा पनि राम्रोसँग परेको छ, २४ घण्टाका लागि मात्रै किन नहोस् ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भू–भौतिकी एजेन्सीको सन् २०१५ को अध्ययनले मौन दिवसका दिन बालीको शहरी क्षेत्रतिर हावामा उड्ने धूलकण ९टीएसपी० ७३ देखि ७८ प्रतिशतसम्म कम हुने गरेको देखाएको थियो ।

जलवायु परिवर्तनमा अन्तरसरकारी प्यानल ९आईपीसीसी०को विश्लेषणअनुसार न्येपी दिवसमा ग्रीन हाउस ग्यासको उत्सर्जन ३३ प्रतिशत कम हुन्छ ।

दरविती भन्छिन्, ‘हामीले जस्तै पूरै देशमा यस्तै आयोजना गर्ने हो भने सकारात्मक प्रभाव अझै बढ्थ्यो । हामीलाई मात्र होइन, पर्यावरणले पनि थोरै समयका लागि भए पनि विश्राम पाउँथ्यो ।’

अहिले संसारको आधाजति जनसंख्या लकडाउनमा छ, सदियौँदेखि चलिआएको संस्कृतिबाट केही पाठ सिक्ने योभन्दा उपयुक्त अवसर अर्को हुन सक्दैन ।

कोभिड–१९ को महामारी सुरू हुनुअघि संसारको एक मात्र यस्तो एयरपोर्ट थियो, जुन नयाँ वर्षको अवसरमा २४ घण्टाका लागि बन्द गरिन्थ्यो ।

दरविती भन्छिन्, ‘पर्यटनमा टिकेको द्विपका लागि यो निकै ठूलो फैसला हो । तर, यसबाट परम्पराप्रतिको सम्मान झल्किन्छ । पश्चिमा देशले यहाँबाट जिन्दगीका स–साना कुरालाई सम्मान गर्न सिक्न सक्छन्– प्रकृतिसँग जोडिन, परिवारसँग जोडिन, आफैँसँग जोडिन, जिन्दगीको रफ्तारलाई थोरै कम गर्न आदि ।’

मैले उनको सुझावलाई मनासिव ठानेँ । साँझ ढल्दै गर्दा म बगैँचामा गएँ र ताराहरूले भरिएको आकासलाई नियालेँ । यस्तो मैले यसअघि कहिल्यै देखेकी थिइनँ । बिजुली बत्तीहरू बन्द थिए ।

ग्यारेट भन्छन्, ‘प्रकाश र ध्वनि प्रदूषणका कारण धेरै कुरा हराउँछन्, हामीले देख्न, भेट्न सक्दैनौँ ।’

यो वर्ष न्येपीलाई १ दिनका लागि बढाउँदा म पनि उदास थिइनँ ।

एक अतिरिक्त दिनका लागि कुनै काम छैन, चुल्हो–चौका छैन, मनोरञ्जन पनि छैन वा यात्रा छैन । यो मेरा लागि उदेकलाग्दो थिएन । त्यसैले मैले २४ घण्टाका लागि ल्यापटप बन्द गर्ने निर्णय गरेँ । (बीबीसी शब्दानुवाद)