Swornakshar Logo

कोरोना बिषयमा सफलता नजिक रहेका चिनियाँ अनुसन्धानकर्ताको अमेरिकामा हत्या

एजेन्सी
काठमाडौं । २५ वैशाख बिहिबार । कोरोनाबारे महत्वपूर्ण खोजको नजिक रहेका एक चिनियाँ अनुसन्धानकर्ताको अमेरिकामा हत्या गरिएको हो ।

पेन्सिलभानियामा स्थीत पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक ३७ वर्षीया विंग लिउको उत्तरी पिट्सबर्गको रस टाउनिङस्थित आफ्नै घरमा मृत अवस्तामा भेटिएको छ । उनको टाउको, घाँटी, छाती र हातखुट्टामा गोली हानि हत्या गरिएको पाइएको छ ।

अनुसन्धान अधिकारीहरुका अनुसार ४६ वर्षीय एक व्यक्तिले लिउनकै निवासमा पुगि उनको गोलिहानि हत्या गरेपछि फर्किएर आफ्नै कारमा बसि आत्महत्या गरेको बताएका छन् ।

अनुसन्धान अधिकारी सार्जेन्ट ब्रियान कोहलेपका अनुसार हत्या किन गरियो भन्ने कुरा पत्ता नलागेको जनाएका छन् ।

विश्वविद्यालयले शोक व्यक्त गर्दै लिउको हत्याको अनुसन्धान गर्न माग गरेको छ । पिट्सबर्ग विश्वविद्यालयका सहकर्मीले भनेका छन्, ‘लिउ सार्स कोभ–१९ को संक्रमणसँग जोडिएको कोशिकीय तन्त्रका् अनुसन्धानको दिशामा महत्वपूर्ण तथ्यको नजिक थिए । उनी धेरै प्रतिभावान र परिश्रमी थिए ।’