Swornakshar Logo

जब शब लिएर जाँदा परिवारकै सदस्य खुशी भए, गाउँलेले ताली बजाए

लकडाउनमा शब लिएर ३३ सय किलोमिटर यात्रा गर्नेलाई सरकारी सम्मान

एजेन्सी

काठमाडौं । २० वैशाख । लकडाउन, मर्नका लागि पनि अनुपयुक्त समय । कोरोना भाइरसका कारण कुनै व्यक्तिको मृत्यु घरभन्दा टाढा भयो भने अन्तिम संस्कार गर्नका लागि पनि जटिल बनेको छ । लकडाउनका कारण शब एक ठाउँबाट अर्को ठाउँमा लिएर जान हैन मृत्यु भएकै स्थानमा अन्तिम संस्कार गर्न पनि कठिन छ ।

यस्तो समयमा भारतमा एक युवाको हृदयघातका कारण मृत्यु भयो । उनको मृत्यु घरभन्दा ३ हजार ३ सय किलोमिटर टाडा भएको थियो । यस्तो अवस्थामा उनको अन्तिम संस्कार नहुने लगभग निश्चित थियो ।

कोरोना भाइरसको संक्रमणका कारण अहिले शव एम्बुलेन्समा राखेर लामो यात्रा गर्न सकिने अवस्था समेत थिएन । तर दुई जना एम्बुलेन्स चालकले ती युवाको शब जोखिम मोलेर ३३ सय किलोमिटर टाढा घर लगिदिएपछि अन्तिम संस्कार गर्न पाएका छन् ।

एंबुलेंस ड्राइवर जयेंद्रन पेरूमल, साथी ड्राइवर चिन्नाथांबी सेल्लअइया के साथ

नायकजस्तो स्वागत
एम्बुलेन्स चालक जयेन्द्रन पेरुमलले भने, ‘जब राज्यको राजधानी आइजल पुग्यौं त्यहाँ हाम्रो स्वागतका लागि बाटोको दुवैतर्फ उभिएर मानिसहरुले ताली बजाइरहेका थिए । यस्तो दुःखद अवस्थामा यसो गरेका देख्दा हामी खुसी भयौं र सम्मान गरेको महसुस भयो ।’

४० वर्षका पेरुमल अर्का चालक चिन्नाथान्बी सेल्लअइयासँग शब लिएर तमिलनाडुबाट उत्तरपूर्वी राज्य मिजोरम पुगेका थिए । लकडाउनको समयमा उनले लगभग पुरै भारतको यात्रा गरे ।

थोरै थोरै समय ब्रेक लिएर उनीहरुलाई तमिलनाडुबाट मिजोरम पुग्न करिब साढे तीन दिन लाग्यो । उनीहरु आइजल पुग्दा स्वागतका लागि उभिएकाहरुले एउटा प्लेकार्ड बोकेका थिए । जसमा ‘गड ब्लेस यू’ एम्बुलेन्स चालकको मातृभाषा तमिलमा लेखिएको थियो ।

डकडाउनको चुनौती
गत २३ अप्रिलमा २८ वर्षीया भिभियन रेमसेंगको हृदयघातका कारण मृत्यु भएको थियो । उनीहरुका परिवार मिजोरममा अन्तिम संस्कार गर्न चाहन्थे । लकडाउनका कारण चेन्नईबाट कोलकाता जाने उडान बन्द छ । यस्तो अवस्थामा सडकमार्ग एकमात्रै विकल्प थियो ।

जयेन्द्रनले भने, ‘सरकारी अस्पतालमा शबमा लेप लगाइयो । यसपछि चेन्नई सिटीका प्रहरी कमिश्नरबाट अनुमति प्राप्त भएपछि २४ अप्रिलको रात हामी मिजोरमका लागि निस्कियौं ।’

भिभियनको मृत्यु प्रमाणपत्रमा स्पष्ट रुपमा हृदयघातका कारण मृत्यु भएको उल्लेख गरिएको थियो । यो चालकका लागि निकै राहतको कुरा थियो ।

भारतका केही भागमा कोरोना भाइरसका कारण मृत्यु भएकाको शबको अन्तिम संस्कार गरेको स्थानमा पनि हमला भएको समाचार आइरहेका छन् । कोरोना भाइरसबाट मृत्यु भएकाबाट पनि संक्रमण हुनसक्ने खतरा हुन्छ ।

भिभियनका साथी राफेल मलचनहिमा पनि चालकहरुसँगै चेन्नईबाट मिजोरम सम्म आए । राफेलले द हिन्दूसँग भने, ‘जब मलाई शब परिवारसम्म पुर्‍याउनका लागि कोही न कोही चालकसँग जानुपर्ने थाहा भयो तब मैले जाने निर्णय लिए । तर लकडाउनको यात्रामा चिन्ता उत्तिकै थियो । तर आफ्नो साथी र उसको परिवारका लागि म यस्तो अवस्थामा यतिद जोखिम उठाउन सक्थेँ ।’

उनीहरुले भारतको पूर्वी समुद्रतटीय बाटोबाट जाने निर्णय गरे । ठूला सहरबाट जानुको साटो बाइपासको सडकबाट गए र बंगलादेश र नेपालको सीमा क्षेत्रहुँदै करिडोरको बाटो हुँदै उत्तरपूर्वी भारतसम्म गए ।

मौसम
यो यात्राका क्रममा मौसममा परिवर्तन भयो । जयेन्द्रनले भने, ‘जब हामी निस्कियौं तब चेन्नईमा गर्मी र आद्रता देखियो, ओडिसामा धेरै पानी परिरहेको थियो । मिजोरममा हामीलाई चिसो भइरहेको थियो ।’

मिजोरमको राजधानी आइजल समुद्री सतहबाट एक किलोमिटर उचाईमा छ । यात्राको अन्तिममा पहाडी र खराब बाटोका कारण धेरै समय लाग्यो । जयेन्द्रनले भने, ‘केही स्थानमा त यस्तो बाटो थियो कि जहाँबाट एउटा मात्रै गाडी जान सक्थ्यो भने अर्कोतिर गहिरो खाडल थियो ।’

खाना र आराम
लकडाउनका कारण मानिसहरुलाई प्रहरीले विभिन्न ठाउँमा रोकिरहेका थिए । तर यात्राका लागि आवश्यक कागजात भएका कारण उनीहरुलाई प्रहरीले कुनै अवरोध गरेन ।

व्यापारिक मालबहाक सवारीका लागि विभिन्न स्थानमा पेट्रोलपम्प खुल्ला भएका कारण उनीहरुलाई झनै सजिलो भयो । तर रेस्टुरेन्ट बन्द भएका कारण उनीहरुलाई खान समस्या थियो । तर सडकमा लुकिछिपी चलाएका खाना पसल भेटे । उनीहरुले स्थानीयसँग पनि खाना खाने सामानहरु किने तर धेरैजसो बिस्कुट खाए । पालैपालो एम्बुलेन्समै निद्रा पुर्‍याए ।

एम्बुलेन्स चालकले भने, ‘जब हामीले परिवारलाई शब हस्तान्तरण गर्‍यौं, तब उनीहरु खुसी देखिन्थे । शबबाट कुनै गन्ध आएको थिएन ।’ शबमा रसायनका लेप लगाएपछि एम्बुलेन्सको फ्रिजर सेक्सनमा राखिएको थियो ।

भिभियनको परिवारले एक दिन आराम गरेर एम्बुलेन्स चालकहरु फर्किउन भन्ने चाहाना थियो । तर केही समय आराम गरेपछि उनीहरु फर्किए । तबसम्म अन्तिम संस्कार भएकै थिएन ।

कहिल्यै नभुल्ने अनुभव
चिन्नाथान्बीले भने, ‘त्यहाँका मानिसले जति प्रेम र सम्मान गरे, त्यो जीवनको अन्तिम क्षणसम्म पनि भुल्दिनँ । हामी ३३ सय ४५ किलोमिटर यात्रा गरेर त्यहाँ पुगेका थियौं । मानिसहरुले हामीलाई धन्यवाद दिए । खाना र स्न्याक्स दिए ।’

दुवै एम्बुलेन्स चालक तमिलनाडुको ग्रामीण क्षेत्रका हुने र उनीहरु हरेक महिना १५ हजार कमाउँछन् । उनीहरुलाई चेन्नईमा ल्याएर परिवारका अन्य सदस्यलाई सँगै राख्न पुग्ने पैसा हुँदैन ।

कृतज्ञता
दुवै चालकलाई धन्यवादस्वरुप एक एक शर्ट र परम्परागत सल उपचार दिइयो । यसका साथै मिजोरम राज्य सरकारले दुवै जनालाई दुई दुई हजार नगदले समेत सम्मान गर्‍यो । उनीहरुले आफूहरुले पाएको सम्मानले कृतज्ञ भएको बताए ।