Swornakshar Logo

सुदूरपश्‍चिममा पहिलो कोरोना संक्रमित भएका युवक डिस्चार्ज

काठमाडौं । ९ वैशाख । सुदूरपश्‍चिममा पहिलो कोरोना संक्रमित भएका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चैत १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका र १४ गते कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकलाई मंगलबार सेती प्रादेशीक अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनको लगातार दुई पटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियम डा. शेरबहादुर कमरले जानकारी दिए ।

उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो । उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन् ।

यसअघि कैलालीको लम्कीका २१ वर्षीय युवक पनि कोरोना उपचारपछि नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए । सुदूरपश्‍चिममा रहेका पाँच कोरोना संक्रमितमध्ये अब तीनजनाको उपचार भइरहेको छ ।

नेपालमा कोरोना पुष्टि भएका ३२ जनामध्ये पाँचजनालाई उपचारपछि डिस्चार्ज गरिएको छ ।