Swornakshar Logo

बावुरामले भनेः लोकतन्त्रका हत्यारादेखि सावधान

अध्यादेश लोकतन्त्रविरुद्धको गम्भीर अपराध
काठमाडौं । ८ वैशाख । समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले सरकारले पार्टी फुटाउने उद्धेश्यले अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध गम्भीर अपराध गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले कोरोना बिरुद्ध लड्नुपर्ने वेला सरकारले अध्यादेश ल्याएर सरकार सुध्रनै नसक्नेगरी रसातलमा भासिएको दावी गरेका छन् ।

उनले भनेका छन्, ‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भएपनि यो लोकतन्त्रविरुद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ१ लोकतन्त्रका हत्यारादेखि सावधान १