Swornakshar Logo

हेटौँडामा र्‍यापिड टेष्टमा पोजेटिभ आएको चार जनामानै कोरोना देखिएन

हेटौँडा । ५ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ मा हिजो भएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ रिर्पोट आएका चारजनाको पिसिआर टेष्ट नेगेटिभ आएको छ ।

आज हेटौंडाको कोरोना ल्यावमा गरिएको परिक्षणमा पिसिआर टेष्ट नेगेटिभ आएको हेटौंडाको आइसोलेसन इन्चार्ज भोला चौलागाईले बताए ।
उनीहरुको स्वाब परिक्षण गर्दा रिपोर्टनेगेटिभ आएको छ । उनीहरुमा अव कोरोना भाइरस नभएको पुष्टी भएको छ ।
बिदेशबाट फर्किएका चारजना हेटौंडामा वसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको थियो । तीन जना पुरुष र एक जना महिला हुन् । महिला भने भारतीय हुन । उनी हेटौँडा ४ मा आफन्तको घरमा आएकी थिइन् ।
अर्का ६७ वर्षका पुरुष हेटौँडा २ का हुन । उनको उमेर ६७ वर्षको छ । उनी भारत गएर फर्किएका थिए । उनीहरुको हिजोनै स्वाब परिक्षणको लागि हेटौँडामा रहेको प्रयोगशाला पठाईएको थियो ।