Swornakshar Logo

उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड १९ क्लिनिक सञ्चालन गरिने

काठमाडौं । ४ वैशाख । सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई कोभिड १९ क्लिनिक सञ्चालनका लागि सूचीकृत गरेको जनकारी दिएका हुन् ।

सरकारले कोरोना भाइरसको उपचार तथा नियन्त्रणका लागि अन्तरनिर्देशिका, २०७६ जारी गरेर केही अस्पताललाई कोभिड क्लिनिकका लागि अनुमति दिएको थियो । कोभिड क्लिनिक संचालनका लागि अनुमति पाएका २५ वटा हब अस्पताल, ६४ वटा प्रदेशिक अस्पताल र २२ वटा मेडिकल कलेजहरू रहेका छन् । सम्भावति जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड १९ क्लिनिकका लागि छनोट गरेको हो ।

सरकारले उत्यकाका भित्रका बिरामीको लाने ल्याउने गर्नका लागि नेपाल रेडक्रससँग भएको र १ सय शय्याभन्दा बढी शय्या भएका अस्पतालहरूका एम्बुलेन्सहरूलाई समेत सेन्ट्रल नेटवर्कमा ल्याउने र ती एम्बुलेन्सलाई १०२ को टेलिफोन सेवामार्फत परिचालन गर्ने निर्णय गरेको प्रवक्ता डा। देवकोटाले बताए ।