Swornakshar Logo

यी हुन कोरोना भाइरस पत्ता लगाउने महिला

एजेन्सी

काठमाडौं । ४ वैशाख । मानिसमा पहिलो पटक कोरोना भाइरसको खोजी गर्ने महिला स्कटल्यान्डकी एक बस चालकककी छोरी थिइन्, जसले १६ वर्षको उमेरमा नै स्कुल जान छाडेकी थिइन् । उनको नाम हो( जुन अलमेडा । उनी भाइरस इमिजिङ क्षेत्रमा चर्चित मानिसहरूको सूचीमा आफ्नो नाम लेखाउन चाहन्थिन् ।

तर, कोरोना भाइरसको महामारीको यस समयमा जुनको कामको र उनको खोजको चर्चा धेरै भइरहेको छ । कोभिड( १९ एउटा नयाँ प्रकारको भाइरस हो तर यो कोरोना भाइरसकै एक प्रकार हो, जसको खोज डा। अलमेडाले सबैभन्दा पहिले सन् १९६४ मा लण्डनको सेन्ट थोमस अस्तालमा रहेको ल्याबमा गरेकी थिइन् ।

भाइरोलोजिस्ट जुन अलमेडाको जन्म सन् १९३० मा भएको थियो । स्कटल्यान्डको ग्लासगो सहरको उत्तरपूर्वमा रहेको एउटा वस्तीमा अतिसाधारण परिवारमा उनको जन्म भएको थियो ।

१६ वर्षको उमेरमा उनले स्कुलको पढाइ पूरा गरेपछि जुनले ग्लासगोले शहरको एउटा ल्याबमा प्राविधिकका रूपमा काम गर्न थालेकी थिइन् । पछि उनी नयाँ सम्भावनाको खोजी गर्दै लण्डन गइन् र सन् १९५४ मा उनले भेनेजुएलाका कलाकार एनरीके अलमेडासँग विवाह गरिन् ।

सामान्य ज्वरो, रुघाखोकीमाथि अनुसन्धान
मेडिकल क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार विवाहको केही वर्षपछि यो दम्पत्ती आफ्नी सानी छोरीसहित क्यानडाको टोरोन्टो गयो ।

क्यानडाको ओन्टारियो क्यान्सर इन्स्टिच्युटमा डा। जुन अलमेडाले एउटा इलेक्ट्रोन माइक्रोस्कोपका माध्यमबाट आफ्नो क्षमतालाई अझै तिखार्ने मौका पाइन् । यही काम गर्दै उनले एउटा यस्तो विधि पत्ता लगाइन्, जसको सहयोगले भाइरसको कल्पना गर्न धेरै सजिलो भएको थियो ।

लेखक जर्ज विन्टरले भने, ‘बेलायतले जुन अलमेडाको कामको उच्च मूल्याङ्कन गर्दै सन् १९६४ मा उनलाई लण्डनस्थित सेन्ट थोमस मेडिकल स्कुलमा काम गर्नका लागि प्रस्ताव राख्यो ।’

यो त्यही अस्पताल हो, जहाँ कोरोना भाइरसको संक्रमण भएपछि भर्खरै बेलायती प्रधानमन्त्री बोरिस जोनसनको उपचार गरिएको थियो ।

क्यानडाबाट फर्किएपछि डा। अलमेडाले डा। डेभिड टायरेलसँग मिलेर अनुसन्धानको काम सुरु गरिन् । त्यसबेला उनी बेलायतको सेलिस्बरी क्षेत्रमा सामान्य सर्दी, रुघाबारे शोध गरिरहेका थिए ।

जर्ज विन्टरका अनुुसार डा। टायरेलले रुघा लाग्दा नाकबाट बग्ने तरल पदार्थका केही नमुना परीक्षण गरेका थिए । उनको टिमले करिब सबै नमुनामा सामान्य चिसो, रुघाका क्रममा पाइने भाइरस पाएको थियो । तर, त्यसमध्ये एउटा नमुनालाई बी( ८१४ नाम दिइएको थियो । यो सन् १९६० मा एक बोर्डिङ स्कुलका छात्रबाट लिइएको थियो ।

कोरोना भाइरस कसले नाम दियो
डा। टायरेललाई यो नमुनाको जाँच डा। अलमेडाको सहयोगमा इलेक्ट्रोन माइक्रोस्कोपका माध्यमबाट गर्ने सोच आयो । यो नमुना परीक्षणका लागि डा। अलमेडालाई पठाइयो ।

परीक्षणपछि यो भाइरस इन्फ्लुएन्जा जस्तै देखिए तापनि त्यसभन्दा केही अलग रहेको थियो । यही त्यो भाइरस हो, जसको पहिचानपछि डा। जुन अलमेडाले कोरोना भाइरस नामकरण गरिन् ।

जर्ज विन्टर भन्छन्, ‘डाक्टर अलमेडाले वास्तममा यो भाइरस जस्तो कण पहिले मुसामा हुने हेपाटाइटिस र कुखुरामा हुने संक्रामक रोग ब्रोन्काइटिसमा देखेकी थिइन् ।’

विन्टरका अनुसार जुनको पहिलो अनुसन्धान उनले इन्फ्लुएन्जा भाइरसको नै गलत तस्बीर पेस गरेको भन्दै खारेज गरिएको थियो । तर, नमुना संख्या बी ८१४ बाट भएको यस नयाँ खोजलाई सन् १९६५ मा प्रकाशित ब्रिटिस मेडिकल जर्नलमा र त्यसको २ वर्षपछि प्रकाशित जर्नल अफ भाइरोलोजीमा तस्बीरसहित प्रकाशन गरिएको थियो ।

जर्ज विन्टरका अनुसार यी डा। टायरेल, डा। अलमेडा र सेन्ट थोमस मेकिडल संस्थानका प्राध्यापक टोनी वाटरसन थिए, जसले भाइरसको तलमाथिको बनावटलाई ख्याल गर्दै यसको नाम कोरोना भाइरस राखेका थिए । पछि डाक्टर अलमेडाले लण्डनको पोस्ट ग्राजुएट मेडिकलमा काम गरिन् । त्यहीबाट उनले आफ्नो डक्टरेट पढाइ पूरा गरिन् ।

आफ्नो करियरको अन्तिम दिनमा डाक्टर जुन अलमेडा भालकम इन्स्टिच्युटमा थिइन्, जहाँ उनले तस्बीरका माध्यमबाट केही भाइरसको पहिचान गरिन् र प्याटेन्टमा आफ्नो नाम लेखाइन् ।

भालकम इन्स्टिच्युटबाट रिटायर्ड भएपछि अलमेडा योगा शिक्षक भइन् । तर, सन् १९८० को दशकमा उनलाई संरक्षकका रूपमा एचआईभी भाइरसको नोवल तस्बीर लिनका लागि बोलाइएको थियो । सन् २००७ मा जुन अलमेडाको निधन भयो । त्यस समयमा उनी ७७ वर्षकी थिइन् ।

उनको मृत्युको १३ वर्षपछि उनले गरेको कामले मान्यता पाएको छ । वास्तममा उनी यसको हकदार थिइन् । उनको अनुसन्धानका कारण संसारभरमा कोरोना भाइरस संक्रमणलाई सम्झन सहयोग पुगिरहेको छ ।