Swornakshar Logo

कैलालीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

काठमाडौ ।१ बैशाख । कैलालीमा थप १ जना कोरोना संक्रमित भेटिएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका– १ मा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको छ ।

उनलाई एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको छ । योसँगै कैलालीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

कैलालीमा कोरोना संक्रमण देखिएकी महिला को हुन्

कैलालीको लम्कीचुहा नगरपालिकाकी एक वृद्धामा कोरोना पोजेटिभ देखिएको छ। लम्कीचुहा नगरपालिका–१ भुरुवाकी ६५ वर्षीय वृद्धामा कोरोना पोजेटिभ देखिएको हो।

स्वाब संकलन गरेका टीकापुर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती महिलामा कोरोना पोजेटिभ देखिएको हो। ती महिलासहित ५१ जना लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

वीरगञ्ज नाकामा सामान्य चियापसल सञ्चालन गर्दै आएकी ती महिलासहित १७ जना ९ चैतमा लम्की आएका थिए । नेपालबाटै आएपछि उनी भुरुवामा आफन्तको घरमा बसोबास गरेकी थिइन् । सीमा नाकाबाट आएको भन्दै उनलाई जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा राख्न लगाएका थिए।

२५ चैत्रमा काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्‍यापिड टेष्ट गरेको थियो । र्‍यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो । क्वारेन्टाइनबाट छाडिएपछि उनी आफन्तको बस्न थालेकी थिइन्।

र्‍यापिड टेस्टमा नेगेटिभ आएपनि टोलीले स्वाब समेत संकलन गरी काठमाडौं लगेको थियो । काठमाडौंमा गरिएको परीक्षणमा महिलामा पोजेटिभ देखिएपछि ती महिलालाई आइसोलेनसमा राख्ने तयारी भइरहेको छ। स्थानीय ललित जैशीले उनको गाउँमा आफ्नो घर नभएकाले आफन्तहरुको घरमा बस्दै आएको बताए ।

संक्रमण पुष्टि भएकी महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्नका लागि लगिएको लम्की नगर पालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन्। उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तर उनी पहिलेदेखि नै दमको रोगी रहेका बिसीले बताइन्।

यसअघि लम्की चुहानगरपालिका–९ स्थित सरस्वती माविमा रहेका २१ वर्षीय एक युवकमा समेत कोरोना पोजेटिभ देखिएको थियो । उनी भारतको मुम्बइबाट नेपाल आएका थिए ।