Swornakshar Logo

ओलम्पिक छनोटमा नेपाल र भारतले अंक बाँडे

२२ कार्तिक ।

काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले भारतसँग १ १ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

म्यानमारको थुवुन्ना रंगशालामा भएको खेलमा सुरुवाती समयमा गोल गरेको नेपालले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।
खेलको ११ औं मिनेटमा नै निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको २६ मिनेट पछि कमलादेवी युम्नामले गोल गर्दै भारतलाई बराबरीमा पुर्‍याइन् ।
ओलम्पिकअन्तर्गत एसिया छनोटमा नेपालसँगै आयोजक म्यानमार, भारत र बंगलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आयोजक म्यानमारसँग ११ तारिखमा खेल्ने छ । त्यस्तै, तेस्रो खेलमा नेपालले बंगलादेशसँग १३ तारिखमा खेल्नेछ ।