Swornakshar Logo

उद्योग परीसङ्घद्वारा बागमति प्रदेशका मुख्यमन्त्रीलाई खाद्यान्न हस्तान्तरण

हेटौंडा । २२ चैत । बागमति प्रदेशको उद्योग परीसङ्घले १ सय क्विन्टल खाद्यान्न बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त खाद्यान्न उद्योग परीसङ्घ बागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले बागमती प्रदेशका हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री पौडेलले उद्योगसंघको भवनमै गएर खाद्यान्न्न बुझेका थिए ।
लकडाउनको समयमा दैनिक जीवनयापन गर्न समस्या परेकालाई सो खाद्यान्न उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले बताए । आधारभुत आबश्यकता पुरा गराउने उद्देश्यले गरिएको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद दिएका थिए । कोरोनाको कारण देश लकडाउन भएपछि दैनिक जीवन यापनमा नै समस्या परेकालाई मात्र खाद्यान्न बितरण गरीने उनको भनाई छ । एउटा प्याकेटमा ५ किलो चामल,२ किलो चिउरा, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल रहेको घिमिरेले जानकारी जानकारी दिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समिति प्रदेश संयोजक रघुनाथ खुलाललाई प्रदेशमा बितरण गर्न खाद्यान्न हस्तान्तरण गरेका छन्। खुलालले खाद्यान्न प्रदेशका जिल्ला जिल्लामा बितरण गरीने जानकारी दिए । बितरण गर्दा अति बिपन्न परीवारलाई प्राथमिकतामा राखीने खुलालले बताए । सरकारले राहत बितरणमा एकद्वार निति अपनाउन भनेपछि सरकारमार्फत सामग्री बितरण हुन थालेको छ ।