Swornakshar Logo

पाकिस्तानमा कोरोना सङ्क्रमितको संख्या २७ सय नाघ्यो, आज १४ जनाको मृत्यु

काठमाडौं । २२ चैत । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ ।

अधिकारीहरूले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मृत्यु हुनेको संख्या ४० पुगेको उल्लेख गरिएको छ । मृतक मध्ये सबैभन्दा धेरै सिन्ध्र प्रान्तका रहेका छन् । सो प्रान्तमा शनिबारसम्म १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

त्यसैगरी, कोरोना भाइरसका कारण पञ्जाव र खैबर पख्तुनख्वामा ११र११ जनाको मृत्यु भएको छ भने गिल्गित बाल्टिस्तानमा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालुचिस्तानमा समेत एक जनाको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितको संख्या भने सबैभन्दा धेरै पन्जाव प्रान्तमा देखिएको छ । पन्जावमा कोरोना भाइरसबाट एक हजार ७२ जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयका अनुसार सिन्ध्र प्रान्तमा ८३९ जना, खैबर पख्तुनख्वामा ३४३ जना, गिल्गित बाल्टिस्तानमा १९३ जना, बालुचिस्तानमा १७५ जना, राजधानी प्रदेश इस्लामावादमा ६८ जना र काश्मिरमा ११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।

सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा २५८ जना निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।