Swornakshar Logo

विप्लवका युवाकोे सीमा अतिक्रमण बन्द गर्न भारतलाई चेतावनी

१५ कार्तिक । काठमाडौं ।
विप्लवको युवा संगठनले सीमा अतिक्रमण बन्द गर्न भारतीयहरुलाइ चेतावनी दिएको छ । युवा संगठनले जारी गरेको विज्ञप्तीमा भनेको छ ‘सीमा अतिक्रमण बन्द गर्न भारतीय साम्राज्यवादलाई चेतावनी दिन चाहन्छ ।’
संगठनले देशभरी राजनीतिक, आर्थिक, साँस्कृतिक तथा भौगोलिक रुपमा हुँदै आइरहेको वैदेशिक हस्तक्षेपका विरुद्ध प्रतिरोधका अभियान चलाउने भएको छ ।
विज्ञप्तीमा भनेको छ‘दलाल राज्यसत्ताको दमन, गिरफ्तारी र फाँसीवादका विरुद्ध जुझारु युवा आन्दोलन सिर्जना गरौं । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि योङ रेड फोर्स, नेपालको प्रथम राष्ट्रिय भेला भव्य रुपले सफल पारौं ।’ युवा संगठनले यो सरकारलाई सामाजिक दलाल फाँसीवादीको संज्ञा दिएको छ । सरकारले जनघात र कालोबजारी गरेको भन्दै यसको भण्डाफोर गर्ने जनाएको छ ।
सन् १९५० लगायतका असमान सन्धी सम्झौता पूर्ण रुपमा खारेजी र नेपाल कम्युनिस्ट पार्टी तथा यस संगठनका नेता कार्यकर्ता र जनता माथि भैरहेको व्यापक दमन, गिरफ्तारी र झुटा मुद्दा लगाउने क्रियाकलाप बन्द गर्न पनि माग गरेको छ ।
निर्मला पन्तका हत्याराहरुको छानविन गरी दोषीलाई कडाइपूर्वक कार्वाही गर्नुपर्ने माग गरेको छ संगठनले गरेको छ । अपरकर्णाली, अरुण तेस्रो, तामाकोसी ३ लगायतका जलश्रोत सम्बन्धी असमान सम्झौताहरु खारेज सरकारले तुरुन्त खारेज गर्नु पर्ने भनिएको छ ।