Swornakshar Logo

चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद (डिभोर्स)

९ पुस । काठमाडौं । चर्चित आधुनिक गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालले सम्बन्धविच्छेद गरेका छन् । ढकालपत्नी निलम शाह ढकालले मंगलबार जिल्ला अदालत काठमाडौंमा छोडपत्रका लागि निवेदन दिएकोमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो ।

अदालतका अनुसार निलम शाह ढकालले अंश नलिने गरी मिलापत्र भएको हो । रामकृष्ण र निलमको एक छोरी छन् । छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्ने सहमति भएको छ ।

दुवै जनाको सहमतिमै बुधबार सम्बन्धविच्छेद गरेको अदालतका श्रेस्तेदारका आनन्द श्रेष्ठले बताए ।