Swornakshar Logo

जबर्जस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ

७ पुस । काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका– ६ का वडा सदस्य ३८ वर्षीय बालकुमार राई हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।

पीडित महिलाले सो घटना गत मंसिर १५ गते भएको भनी उजुरी दिएपछि बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरका अनुसार जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र पीडित महिलाले छिटै न्याय पाउने समेत बताए ।