Swornakshar Logo

बैंक ह्याकिङ प्रकरणः थप ३ जना पक्राउ

१० असोज । काठमाडौं । प्रहरीले कृषि विकास बैङ्क ह्याकिङ प्रकरणमा संलग्न थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश बस्याल, यज्ञराज भट्ट र मालतीदेवी न्यौपाने रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

बस्याल र न्यौपानेलाई पर्वतबाट २४ लाख रकमसहित र र भट्टलाई कञ्चनपुरको महेन्द्रनगरबाट ४५ लाख रकमसहित महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

यसअघि ह्याकरले यसरी नै विभिन्न व्यक्तिको नाममा पठाएको ६० लाख रुपैयाँसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।