Swornakshar Logo

अछाममा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु

५ भदौ । काठमाडौं । अछाममा बुधबार राति जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । बान्नीगढीजयगढ गाउँपालिका ५ कालिकामा बुधवार राति जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ३ घाइते भएका छन् ।

रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्वरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा बान्नीगढीजयगढ गाउँपालिका ४ का अशोक परियार, सोहि ठाउँकै कालु सिंह आउजी, र बैतडीका लालबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बान्नीगढ जयगढगाउँपालिका ४ तिमिसेनका तर्कराज तिमिसेना, कैलालीका जन्जीर चौधरी र घनश्याम चौधरी रहेका टाफिक प्रहरी कार्यालय अछामका नारायण बडुले जानकारी दिए।