Swornakshar Logo

यस्तो छ विप्लवको नयाँ संगठनात्मक संरचना

२६ साउन । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ । पार्टीको २० देखि ३० असारसम्म बसेको स्थायी समितिको बैठकले सांगठनिक संरचना तथा नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले स्थायी समितिको ठाउँमा पार्टी सचिवालय बनाएको छ । बैठकबाट स्थायी समितिको ठाउँमा पाँच सदस्यीय सचिवालय बनाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । जेलमा रहेका एक नेताले पनि सचिवालय सदस्यको जिम्मेवारी पाएका छन् ।

पोलिटब्युरो विघटन

सो पार्टीले १३ सदस्यीय पोलिटब्युरो विघटन गरेको छ । कामभन्दा बढी गफ भएको भन्दै पोलिटब्युरो विघटन गरिएको ती केन्द्रीय सदस्यले बताए।
कम्युनिस्ट पार्टीमा स्थायी समिति अथवा सचिवालयका निर्णय पोलिटब्युरो हुँदै केन्द्रीय समितिमा लैजाने अभ्यास छ । नेकपाले पनि यसअघि यही प्रक्रिया अपनाउँथ्यो । तर, अब पोलिटब्युरो विघटन भएपछि सचिवालयका निर्णय केन्द्रीय समितिमा आउनेछन् ।

१७ जनालाई अघोषित कारबाही

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पोलिटब्युरो मात्र विघटन गरेको छैन, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीबाट पनि हटाएको छ । पोलिटब्युरोमा हुँदा जेल बसेका व्यक्तिलाई पनि केन्द्रीय सदस्यबाट हटाइएको छ । हटाइनेमा केन्द्रीय सदस्य नै बढी छन् । उनीहरूलाई नयाँ जिम्मेवारी दिने भनिएको छ ।

आन्तरिक सूचना चुहाएको तथा गोपनीयता भंग गरेको आरोपमा उनीहरूलाई अघोषित कारबाही गरिएको एक राज्य कमिटी सदस्यले जानकारी दिए ।

‘पार्टीका आन्तरिक कुरा सुरक्षा निकायसम्म पुग्ने र त्यसमा हाम्रै कतिपय कम्रेडको हात रहेको पाइएपछि सचेत गराइएको हो,’ ती सदस्यले भने, ‘यसलाई अघोषित कारबाही भन्दा पनि हुन्छ । अब पार्टी सृदृढीकरण अभियान सुरु भयो ।’

यी हुन् केन्द्रीय सदस्यबाट हटाइएकाहरू

१ कृष्ण धमला (तत्कालीन पोलिटब्युरो)
२ रामप्रसाद तिमिल्सेना
३ देवीदत्त पाण्डे, प्रवास इन्चार्ज
४ टेकबहादुर केसी
५ बलाराम थापा
६ डम्बर विक
७ धनबहादुर महर्जन
८ शंकर खड्का
९ कृष्ण अधिकारी, विद्यार्थी संगठन इन्चार्ज
१० भेषराज भुसाल, कार्यालय सचिव
११ सन्तोषी विक
१२ मकर गुरुङ
१३ बलराम सुनार
१४ सम्झना बुढा
१५ नन्दबहादुर बुढा
१६ पुरुषोत्तम विक
१७ बाबुराम गजमेर

केन्द्रीय सदस्यबाट हटाइएका नेताहरूले अब मोर्चाको जिम्मेवारी पाउने बताइएको छ ।

यस्तो छ कमान्ड र ब्युरोको जिम्मेवारी

पूर्वीकमान्ड

सन्तोष बुढा मगर, इन्चार्ज
मेची–कोसी ब्युरो उमा भुजेल शिलु
सगरमाथा ब्युरो दीपेश राई ‘अधिकार’
जनकपुर ब्युरो सन्देश

मध्यकमान्ड

खड्कबहादुर विक ‘प्रकाण्ड’
ताम्सालिङ ब्युरो मोहनलाल चन्द आधार
उपत्यका ब्युरो माइला लामा (जेल)
नारायणी ब्युरो चेतबहादुर पुन

मध्यपश्चिम कमान्ड

चन्द्रबहादुर चन्द वीरजंग
गण्डक ब्युरो सवित्रा दुरा
धौलागिरि ब्युरो धुव्र घिमिरे ‘विप्लव’
राप्ती ब्युरो केशवबहादुर बाठा सुवास

पश्चिम कमान्ड

धर्मेन्द्र बाँस्तोला कञ्चन
कर्णाली ब्युरो खम्ब बुढा
भेरी ब्युरो बलबहादुर वली
सेती महाकाली ब्युरो ओम पुन

यस्तो छ केन्द्रीय समितिको नयाँ नाम

१ नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव
२ खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रवक्ता
३ धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पश्चिम कमान्ड इन्चार्ज
४ सन्तोष बुढा मगर ‘विषम’ पूर्वीकमान्ड इन्चार्ज
५ हेमन्तप्रकाश वली ‘सुदर्शन’
६ उमा भुजेल शिलु
७ दिपेश राई ‘अधिकार’
८ सन्देश पौडेल
९ मोहनलाल चन्द
१० माइला लामा ९जेल०
११ चेतबहादुर पुन
१२ चन्द्रबहादुर चन्द वीरजंग
१४ धुव्र घिमिरे ‘विप्लव’
१५ केशवबहादुर बाठा सुवास
१६ खम्ब बुढा
१७ बलबहादुर वली
१८ ओम पुन
१९ उदय चलाउने
२० वसन्त श्रेष्ठ
२१ वन्दु चन्द
२२ मोहन कार्की
२३ गुणराज लोहनी
२४ भरत बम
२५ अनिल शर्मा
२६ श्यामबहादुर बोहरा
२७ चूडामणि वली
२८ नवीन विश्वकर्मा
२९ अमर झाँक्री
३० खुमा सुवेदी
३१ देवनारायण शाह
३२ थमनसिंह राई
३३ खम्बबहादुर बुढा
३४ बलबहादुर वली
३५ ध्रुव अधिकारी

सरकारले प्रतिबन्ध लगाएपछि नेकपाले जेठमा ब्युरो घटाएको थियो । पहिला १४ ब्युरोको संगठनात्मक संरचना थियो । तर, अहिले नेता कार्यकर्ताहरू धमाधम गिरफ्तार हुन थालेपछि जिम्मेवारी नै हेरफेर गरिएको छ । कतिपय केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । केही नेताहरूलाई अहिले आएर केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको छ ।