Swornakshar Logo

विप्लव नेकपाकी काठमाडौं सेक्रेटरी प्रहरी नियन्त्रणमा

१४ साउन । काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।

धीरेन्द्रालाई प्रहरीले आज बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । धीरेन्द्रा विप्लव समूह निकट अखिल नेपाल महिला संघकी महासचिव समेत हुन् ।

प्रतिबन्धित विप्लव नेतृत्वका नेतालाई प्रहरीले खोजी कार्य तीव्र बनाएको छ । केही साताअघि मात्र विप्लव समूह निकटका माइला लामालाई समेत प्रहरीले उपत्यकाबाट नियन्त्रणमा लिएको थियो ।