Swornakshar Logo

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हेपाटाइटिस ‘बी’ नियन्त्रणमा

१२ साउन । काठमाण्डौ । नेपाल, बंगलादेश, भुटान र थाइल्याण्डले हेपाटाइटिस ‘बी’ नियन्त्रणणमा ल्याएर स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेका छन् ।

सुषुप्त मृत्यु रोगका रुपमा रहेको हेपाटाइटिस बी लाई पाँच वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा परिणत गरी नेपाल लगायतका यी देशले नियन्त्रणमा ल्याएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दएको छ ।

हेपाटाइटिसको खोप बालबालिकालाई निःशुल्क उपलब्ध हुने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस खोपको पहुँच ९० प्रतिशत भन्दामाथि रहेको छ । खोपले बालबालिकामा डरलाग्दो सङ्क्रमण, कलेजोको क्यान्सर तथा सिरोसिसको जोखिम घटाउने चिकित्सकहरुले बताएका छन् ।